ट्राफिक प्रहरीलाई १० लाख बराबरको उपकरण सहयोग

ट्राफिक प्रहरीलाई १० लाख बराबरको उपकरण सहयोग

चितवन : यातायात व्यवस्था कार्यालय चितवनले ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण सहयोग गरेको छ। 

यातायात कार्यालयले करिब १० लाख रुपैयाँ बराबरको ट्राफिक उपकरण सहयोग प्रदान गरेको हो। ट्राफिक प्रहरी बाग्मती प्रदेश कार्यालय मार्फत  चितवन र मकवानपुरको जिल्ला ट्राफिक कार्यालयका लागि सामाग्री प्रदान गरेको हो।

यातायात कार्यालयले  ४ थान ब्रेथलाइजर मेसिन, म्याजिक लाइट २० थान, ह्वील लक २० थान, फ्लोरोसेन्ट ज्याकेट ७७ थान, बेरिकेड ४ थान, बडी ओर्न क्यामेरा २ थान र पीभीसी कोण ४० थान सहयोग गरेको हो। 

शुक्रबार यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख सुरज उप्रेतीले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

प्रहरी उपरीक्षक कोइरालाले आधुनिक उपकरणले ट्राफिक व्यवस्थापनको कामलाई प्रविधिमैत्री र सहज बनाउने बताए। यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख उप्रेतीले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।
 
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दश महिनाभित्र मकवानपुरमा ५२ र चितवनमा ११६ जनाको सवारी दुर्घटनामा मृत्यु भइसकेको छ। गत आर्थिक वर्षको तुलनामा मृत्युदर घटेपनि दुर्घटना संख्या भने बढेको ट्राफिक प्रहरी कार्यालयले उल्लेख गरेको छ। 

ट्राफिक प्रहरीका अनुसार तीव्र गति, मापसे, अपर्याप्त सडक पूर्वाधार, चालकको लापरवाही नै सवारी दुर्घटनाको मुख्य कारण रहने गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.