अक्सिजन प्लान्ट बनाउन कनकाईका मेयरले दिए तीन वर्षको पारिश्रमीक

अक्सिजन प्लान्ट बनाउन कनकाईका मेयरले दिए तीन वर्षको पारिश्रमीक

झापा: झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि तिन वर्ष बराबरको पारिश्रमिक दिएका छन् ।

आफूले पाउने पारिश्रमिकबाट पोखरेलले अक्सिजन प्लान्ट निर्माणका लागि शनिबार १० लाख सहयोग गरेका हुन् । १४ औं गणतन्त्र दिवसको अवसर पारेर शनिबार पोखरेलले कोरोनाका बिरामीका लागि पर्ने अक्सिजन प्लान्ट निर्माण योजनाका लागि रकम छुट्याएका हुन् ।

पोख्रेलले यसअघि पनि मजदुर हित कोषका लागि १ वर्ष बराबरको पारिश्रमिक छुट्याएका छन् । बाँकी १ वर्ष बराबरको पारिश्रमिक नगर प्रमुख पोख्रेलले नगरकै जेष्ठ नागरिक समूहका लागि र विपन्न नागरिकलाई घर बनाउन उक्त रकम छुट्याएका छन् ।

घर भने निर्माणको अन्तिम चरणमा पुगिसकेको र हस्तान्तरण गर्न मात्र बाँकी रहेको पोख्रेलले बताए । कनकाई नगर प्रमुखमा निर्वाचित भएपछि हालसम्मको आर्थिक सुविधाको सो रकम नगरपालिकाकी उप्रप्रमुख मन्जु प्रसाईंलाई चेक हस्तान्तरण गरे ।

कोभिडको माहामारीकै कारण सर्वसाधरणले अक्सिजनको अभावमा दिनहुँ ज्यान गुमाउन थालेपछि कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

मेयर पोखरेलले करिब दुई करोडको लागत अनुमान गरिएको प्लान्ट तीन महिनाभित्र साविकको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा निर्माण भइसक्ने बताए। झापाका १५ स्थानीय तहमध्ये अक्सिजन प्लान्ट स्थापना गर्ने कनकाई नगर जिल्लामा पहिलो हो ।

स्थापना हुन लागेको प्लान्टले दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्नसक्ने पोख्रेलले जानकारी दिए । ‘कनकाई नगरमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन्,’ नगर प्रमुख पोखरेलले भने, ‘दाताबाट एक करोड संकलनको अपेक्षा गरेका छौँ । बाँकी रकम नगरपालिकाले आयोजनाका लागि छुट्याइएको तर खर्च हुन नसकेका बजेटबाट पनि थपिने छ ।’

सबै एकजुट भएर हातेमालो गरेर अगाडि बढेमा प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट राख्ने योजना तोकिएकै समयमा बन्ने उनले बताए ।

कोरोनाको दोस्रो लहर सुरू भएयता कनकाई नगरमा १ हजार २ सय १५ जनाको स्वाब संकलन गरिएको पोख्रेलले बताए । त्यसमध्ये ३ सय ७४ संक्रमित भएका थिए।

नगरमा हालसम्म १ सय २९ जना निको भएर घर फर्किएका छन् भने २ सय २९ जना होम आइसोलेनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.