लोकतन्त्रसहितको गणतान्त्रिक अभ्यास

लोकतन्त्रसहितको गणतान्त्रिक अभ्यास

आज हामी गणतन्त्र दिवस मनाइरहेका छौं। गणतन्त्र दिवस नेपाली जनताको बलिदान र संघर्षको सफलताको दिन हो। यो हाम्रो उल्लासको चाड हो तर आज त्यसरी मनाउन सकिरहेका छैनौं। कोभिड–१९ को महामारीका कारण सार्वजनिक व्यवहारका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्न बाध्य छौं। विवाह, ब्रतवन्ध, चाडपर्व र जात्राहरू समेत मनाउन सकिरहेका छैनौं। यस्ता कुनै पनि पर्व महामारीका कारण घरदैलोमा खुसी लिएर आउन सकिरहेका छैनन्। यतिबेला कोरोनाको कहर विश्वव्यापी रूपमा साझा समस्या बनेको छ। त्रासदीको यस्तो अवस्थामा गणतन्त्र दिवस यस रूपमा मनाउन बाध्य भएका छौं।

गणतन्त्र दिवसका अवसरमा सर्वप्रथम यहाँहरू सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। यस दिन जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी सिद्धान्त र प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछु।

दाजुभाइ तथा दिदीबहिनीहरू,

आज सिंगो मानव समुदाय कोरोना महामारीविरुद्ध कठीन संघर्षमा जुटेको छ। हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठुलो चुनौतीका रूपमा देखिएको यस महामारीबाट जनताको जीवन रक्षा गर्न हामीले कुनै पनि सम्भव प्रयासहरू बाँकी राखेका छैनौं। यसले हाम्रा कार्यपद्दतिहरू, प्राथमिकताहरू, स्वभाव र जीवनशैलीलाई चुनौती दिएको छ। यो महामारी अकस्मात आएकाले संसारका कुनै पनि देशमा यसको पूर्वतयारी थिएन। मौजुदा स्वास्थ्य संरचनाको क्षमताले सम्पूर्ण समस्यालाई सम्बोधन गर्न सबैलाई हम्मेहम्मे नै पर्‍यो अथवा त्यो अपर्याप्त नै भयो। हामीले करिब शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारलाई यसैबीचमा व्यवस्थित गरी आइपरेको संकटसँग जुध्नुपर्‍यो। अहिले त दोस्रो÷तेस्रो लहरका रूपमा मानव स्वास्थ्यलाई चुनौती दिई भाइरसका नयाँ स्वरूपसमेत देखा परिरहेको छ।

अधिकांश संक्रमित बिरामीको उपचार निःशुल्क गरिरहेका छौं। निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेका छौं। जबकि कतिपय सम्पन्न र विकसित देशहरूले पनि यस किसिमले उपचार, स्वास्थ्य परीक्षण, उपचार वा कोभिड खोपको प्रबन्ध निःशुल्क गर्न सकेका छैनन्। हामीले त आगामी निर्वाचनभन्दा अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएका छौं। यस कार्यमा सरकार प्रयासरत छ। क्षमतालाई भरपुर प्रयोग गर्दै कोभिडविरुद्धको लडाईंमा आफूलाई केन्द्रित गरिरहेको छ। यस चुनौतीलाई सामना गर्न सक्षम हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु।
दिदीबहिनी तथा दाजुभाइहरू,
गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव हो। जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महŒवपूर्ण र अविस्मरणीय दिन हो। जनताले सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु अब हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी र निष्ठासाथ क्रियाशील रहिरहेका छौं।
मानव सभ्यताको विकास क्रममा राज्यहरूको उत्पत्ति गणराज्यहरूबाट भएको थियो। लोकतान्त्रिक विधिबाट निर्वाचित हुने प्रतिनिधिहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महŒवपूर्ण निर्णयहरू जनताको अभिमतबाट नै हुने परम्परागत व्यवस्थाबाट नेपाली सभ्यताको पनि आरम्भ भएको थियो। तर, सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा ‘हुकुम’बाट राज्य सञ्चालन गर्ने व्यवस्था सुरु भयो। छलछाम, कपट र हिंसाबाट राजतन्त्र सुरु भयो र जनतामाथि गरेको दमनबाट वंशाणुगत नेतृत्व कायम भयो। लामो समयसम्म चलेको त्यस सामन्ती प्रणालीको अन्त्य गर्दै हामीले ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई शासन प्रणालीको रूपमा अगाडि बढाएका छौं।
नेपालमा गणतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ। विधियुक्त राज्य प्रणालीले कानुनको शासन र लोकतन्त्रको प्रतिनिधित्व गर्दछ। सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हो। हाम्रा सम्पूर्ण साधनस्रोत तथा प्रयासहरू ती आकांक्षालाई मूर्त रूप दिन नै केन्द्रित छन्। हामीसँग जनताका प्रतिनिधिले बनाएको संविधान छ। संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकांक्षाहरू प्रतिविम्बित छन्। तिनको व्यावहारिक कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन हामी दत्तचित्त छौं। लोकतान्त्रिक गणतन्त्रको अभ्याससँगै हामीले हासिल गरेका उपलब्धिहरू गौरवपूर्ण र दूरगामी महŒवका छन्।
गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो। जनतामार्फत निर्धारित गरिएको जनताको तन्त्र हो। जनतालाई केन्द्रविन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो। मानिस जन्मँदै धर्तीमा रहेका स्रोतसाधन निर्वाध उपभोग गर्न पाउने अधिकारसहित जन्मिन्छ। जनताको श्रेष्ठता र सर्वोच्चता हुने, स्वच्छ प्रतिस्पर्धा रहने गणतन्त्रात्मक शासन प्रणाली सामाजिक रूपान्तरणको माध्यम हो। संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्नेगरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दीगो हुन सक्दैन। जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरूले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु जरुरी छ। त्यसैले समुचितरूपमा लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउन जनताले समानतायुक्त, न्यायपूर्ण, शान्ति सुरक्षायुक्त वातावरणसहित सुशासन र सेवामा पहुँचको अनुभूति गर्नेगरी तमाम प्रयासहरू अगाडि बढाइरहेका छौं।
दिदीबहिनी तथा दाजुभाइहरू,
गणतन्त्रको यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा विकास गर्ने समुन्नत प्रणालीतर्फ हामी अग्रसर छौं। मुलुकमा संरचनागत पूर्वाधारको तीव्र र दीगो विकासमा हाम्रो सक्रियता त्यसैका लागि हो। मुलुकको विकासका लागि सामाजिक र भौतिक पूर्वाधार बनाउँछौं, तिनै पूर्वाधारहरूले जनताको सुख र समृद्धिका आधार निर्माण गर्दछन्। त्यसैलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका रूपमा अघि सारेका छौं। हामीले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएका छौं। गणतन्त्रलाई जनताको जीवनसँग तादात्म्य कायम गरेर अघि बढ्न हाम्रा सम्पूर्ण प्रयास केन्द्रित छन्। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको छ। गणतन्त्रात्मक शासन प्रणाली मात्र नभएर अथवा गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दतिसमेत हो।

लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन सक्दैन, गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रूपमा जनतामा हुँदैन। हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्रको अभ्यासमा छौं। हाम्रो समाज र संविधानले लोकतान्त्रिक गणतन्त्रलाई भित्रैदेखि अंगीकार गरेको छ। सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायहरूको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउँछ। राज्यले कमजोर र विपन्न वर्गलाई संरक्षणको नीति लिएको छ। गणतन्त्रमा जाति, वर्ग, लैंगिक समुदाय, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन। गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली भएकाले विचारहरूको स्वस्थ बहस, मर्यादित छलफल र असहमतिबीच निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ। यसका लागि आचरण, व्यवहार र विचारका हिसाबले समेत उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहित व्यवहार हुनु अनिवार्य छ।

वास्तवमा अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले कानुनको शासन र समावेशी लोकतन्त्रलाई सार्थक र सफल तुल्याउँछ। यस अवधिमा हाम्रा हरेक प्रयास लोकतान्त्रिक गणतन्त्रलाई जीवनपद्दतिका रूपमा स्थापित गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, नयाँ संविधान कार्यान्वयन गर्न, संक्रमणकालको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्न र विकासको यात्रालाई अघि बढाउन केन्द्रित गरेका छन्। यस अवधिमा चेतनाको संस्थागत विकाससँगै विकास र समृद्धिका सपनाहरूले पनि साकार रूप लिन थालेका छन्। जनताले आफूलाई शासन गर्ने, आफ्ना प्रतिनिधि आफैं चयन गर्ने र आफ्नै सहभागितामा स्वतन्त्र ढंगले विकास गर्ने पद्दति बसालिएको छ। राष्ट्रको सार्वभौम अभ्यासले नवस्थापित गणतान्त्रिक प्रणालीलाई मजबुत पार्दै राष्ट्रले अन्तर्राष्ट्रिय रूपमा समेत भिन्न पहिचान बनाएको छ। लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ। आर्थिक वृद्धिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भई अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्प पछिको पुनर्निर्माणका कार्यले सार्थकता पाउनु, सेवाप्रवाहमा व्यापक सुधारसहित जनताको सन्तुष्टि बढ्दै गई विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वव्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले मुलुक सही दिशातिर अगाडि बढेको स्पष्ट हुन्छ। खासगरी कोरोना महामारी सुरु हुनुअघिसम्म विकास र समृद्धिका हाम्रा सबै सूचकांक अत्यन्त उत्साहवद्र्धक थिए।
मुलुकको शासन प्रणालीलाई संस्थागत र सुदृढ गर्न राष्ट्र र राष्ट्रियताको भावना एकाकार हुनुपर्छ। ओझेलमा परेका विकास र समृद्धिका आकांक्षाहरूलाई एकीकृतरूपमा सम्बोधन गर्नुपर्ने हुन्छ। सरकारले विभिन्न समयमा देखा परेका अनेक व्यवधानहरूलाई झेल्दै जनआकांक्षालाई नै प्राथमिकतासाथ सम्बोधन गरेको छ र गरिरहने छ। लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली हो। जनताको जीवनबाट यसलाई अलग गरेर केही व्यक्तिविशेषको स्वार्थसिद्धिका लागि उनीहरूलाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँट तथा उपभोगका रूपमा अथ्र्याउने विसंगत परिभाषा यसका लागि हानीकारक छ। यो जनताको सार्वभौम अधिकार हो, जसलाई जनताले निर्वाचनमार्फत अभ्यास गर्दछन्। जनताबाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्‍याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न सक्दैन। हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरू खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपनविरुद्धको लडाईं जित्नुपर्ने हुन्छ।
त्यसमा पनि खासगरी जब राष्ट्रिय समस्याहरू आइपर्छन्, जब महामारीजस्ता संकट आइपर्छन्, जब राष्ट्रिय सीमाभन्दा बाहिरका विश्वव्यापी समस्याहरू आइपर्छन्, तब त्यस्ता अवस्थाहरूमा हामीले साझा लडाईं, संयुक्त प्रयास र सबै एकजुट भएर गरिने प्रयासबाट लड्नु र त्यसमा विजय हासिल गर्नुपर्ने हुन्छ। जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने स्पस्ट छ। राजनीतिक झगडा÷लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन सबैलाई आग्रह गर्दछु। आफ्ना जिद्दी होइन, जनताको आवधिक मूल्याकन र जनताको अभिमत नै सर्वाेपरी र निर्णायक कुरा हो। आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो। निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ। यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ। यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार र हानिकारक छन्। यस्ता दुश्प्रचारको भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।

दिदीबहिनी तथा दाजुभाइहरू,
गणतन्त्र दिवसको यस अवसरमा सरकार निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना आज कसरी भयो भनी स्पष्ट गर्नु पनि सान्दर्भिक ठान्दछु। मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरूप जारी घोषणापत्र अनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरूसमक्ष अवगत नै छन्। तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ। जनताका लागि होइन, सत्ता आकांक्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरूपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो। मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजा जनादेश माग्नु एक मात्र विकल्प हुन पुगेको छ। सबै दलले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा प्राप्त गर्नेछन्। तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु।

गणतन्त्र दिवसको सन्दर्भमा यहाँहरू सबैमा कोरोना संक्रमणबाट सुरक्षित रहन आग्रह गर्दछु। यसबीचमा कोरोनाका कारण मृत्युवरण गर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु र शोकसन्त्तप्त परिवारहरूमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। आज सरकारले कोरोनाविरुद्धको लडाईंलाई सबैभन्दा प्रमुख एजेन्डा बनाएको छ। त्यसैमा आपूmलाई साधन–स्रोत र सामथ्र्यका साथ केन्द्रित गरेको छ। आन्तरिक स्रोत साधनहरूको अत्यधिक परिचालन गरेको छ अथवा सम्पूर्ण रूपमा परिचालन गरेको छ। त्यसैगरी बाह्य सहयोग, मित्रराष्ट्रहरू, संघसस्थाहरू सबैका प्रयास जुटाउने कोसिस गरिरहेको छ। कोभिड–१९ का विरुद्ध हाम्रो लडाइँलाई सफलतामा पुर्‍याएर छोडिने छ। गणतन्त्र दिवसको यस अवसरमा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैलाई लोकतान्त्रिक गणतन्त्र साकार पार्न अग्रसर हुन हार्दिक आह्वान गर्दछु। सबैमा धेरै धेरै शुभकामना। धन्यवाद।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस २०७८ का अवसरमा नेपाली सेना, जंगीअड्डा, काठमाडौंमा दिनुभएको मन्तव्यको सम्पादित अंश।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.