राष्ट्रिय सभा उपनिर्वाचन : मतदानको अघिल्लो दिन थपियो मतदाता

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानको अघिल्लो दिन थपियो मतदाता

दाङ : चार जना प्रदेश संसद्को रातारात राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि मतदातामा नाम थपिएको छ।  पार्टीले कार्बाही गरी सांसद पद गुमाएका जसपाका चार जनाको नाम मतदान हुनुभन्दा केही घन्टा अघि मात्रै मतदाताको रुपमा थपिएको छ। 

नाम थप गर्न निर्वाचन आयोगले प्रदेश निर्वाचन कर्यालय पत्र पठाएको पछि आज हुने निर्वाचनमा ४ जना मतदाता थप भएका छन्। सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई मतदाता थपिएको छ।  जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए। 

निर्वाचन प्रक्रिया पूरा भएर मतदानको अघिल्लो दिन मतदाता थपेको र केहीलाई मतदानको अधिकार दिइएको भन्दै विपक्षी दलले गम्भीर आपत्ति व्यक्त गरेका छन्। अन्तिम मतदाता नामावलीमा दाबी विरोध सकिएर निर्वाचनको तयारीमा जुटेको बेलामा निर्वाचन आयोगले मतदाता थप गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। उनीहरूले निश्पक्ष निर्वाचन हुनेमा समेत शंका गरेका छन्।

नेपाली काङ्ग्रेस , माओवादी केन्द्र , जनता समाजवादी, राष्ट्रिय जनमोर्चाको दलका नेताहरुले सयुक्त रूपमा विज्ञप्ति निकालेर मतदाता थपिएकोप्रति विरोध  गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.