बर्दिया अस्पताललाई नगरपालिकाको २४ लाख रुपैयाँ सहयोग

बर्दिया अस्पताललाई नगरपालिकाको २४ लाख रुपैयाँ सहयोग

गुलरिया : जिल्लाकै पुरानो अस्पताललाई गुलरिया नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। पूर्वाधार तथा जनशक्ति अभाव खेपिरहेको बर्दिया अस्पताललाई नगरसभाबाट निर्णय गर्दै गुलरिया नगरपालिकाले २४ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

बर्दिया जिल्लामा ५ दशकदेखि थोरै जनशक्ति र पूर्वाधारको माध्यमबाट सेवा दिँदै आइरहेको बर्दिया अस्पताललाई गुलरिया नगरपालिकाले कोभिड महामारीका बेला सहयोग पुर्‍याउन आर्थिक सहयोग उपलब्ध गराएको गुलरिया नगरपालिका बर्दियाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए। नगर लगायत जिल्लाकै बिरामीहरुलाई उपचारमा सहज होस् भन्ने उद्देश्य हो। उनले भने ,'अस्पताल गुलरिया नगरपालिका क्षेत्रमै रहेका कारणले पनि हामीले बेला बेलामा सहयोग गर्नु आवश्यक छ।' 

प्रसुति, वहिरंग, अन्तरंग, एआरटी लगायतका सेवा दिदै आइरहेको अस्पतालले पूर्वाधार विना नै कोभिड उपचारमा सफलता प्राप्त गरेपनि समस्यै समस्याका बीच सेवा दिनु परिरहेको छ। अस्पताल प्रर्बद्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गुलरिया नगरपालिकाको नगरसभाले निर्णयगर्दै बर्दिया अस्पताललाई २४ लाख रुपैयाँ सहयोग उपलब्ध गराउन पाएको प्रति गुलरिया नगरपालिका खुशी छ। नगरपालिकाले गुलरियास्थित कभर्ड हलमा १ सय वेडको साधारण र साविक महिला विकास कार्यालयको भवनमा २५ वेडको अक्सिजन सहितको कोभिड आईसोलेसन सेन्टर समेत संचालन गरेको छ।

गुलरिया नगरपालिकाले बर्दिया अस्पताललाई प्रदान गरेको सहयोगमार्फत सम्पूर्ण जिल्लावासीहरु लाभान्वित हुनेमा नगरपालिका आशावादी छ। बर्दियामा कोरोना संक्रमितहरुको संख्या र मृत्यु हुनेहरुको संख्या कायमै छ। गुलरिया नगरपालिकाले एन्टीजीन र पीसीआर परिक्षणको दायरा बढाएको नगरप्रमुख यादवले प्रष्ट्याए। नगरमा ज्यान गुमाउनेहरु प्रति दुःख प्रकट गर्दै कोरोना महामारीको जोखिमलाई हेरेर जिल्ला तथा नगरहरुमा गरिने ब्रतबन्ध, विवाह, भोजभतेर लगयतका कार्यहरुमा भीडभाड नगर्न उनले अनुरोध गरे। 

बर्दिया अस्पतालको पूर्वाधार निर्माणमा यसअघि जिल्लाका ८ वटै पालिकाहरुले सहयोग उपलब्ध गराइसकेका छन्। पछिल्लो समय गुलरिया नगरपालिकाले दिएको एकल सहयोग पूर्वाधार प्रर्बद्धनमा उपयोगी हुने बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए। तर नगरपालिकाले समयमै सुनिश्चितता पत्र दिनुपर्छ आर्थिक वर्ष सकिनै लागेको छ। केही दिन अघि संघीय सरकारले बर्दिया अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि साढे १ करोड रुपैयाँ निकासा गरेको छ। गुलरिया नगरपालिकाले उपलब्ध गराएको सहयोग अक्सिजन प्लान्टको पाइपलाइन विस्तारमा उपयुक्त हुन्छ। प्लान्ट जडानका लागि अस्पतालले इ–विडिङसमेत खोलीसकेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.