पाँचथरमा थप एक साता निषेधाज्ञा
फिदिम : पाँचथरमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको डीसीसीएमसीको बैठकले जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्लाम कोरोना संक्रमणको दर झन बढेकाले यसपटको निषेधाज्ञालाई कडा गरिने भएको छ । जिल्लालाई पूर्णरुपमा निषेधाज्ञा गरिने निर्णय भएको बैठकममा सहभागी पत्रकार महासंघका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।
निषेधाज्ञामा तरकारी, फलफूल र दूधका पसल भने बिहान छ बजेदेखि आठ बजेसम्म खुल्नेछन् । यसपटकको निषेधाज्ञामा औषधि पसलबाहेक सबै प्रकारका पसलहरु बन्द गर्ने निर्णय भएको हो ।