सुनवलमा शीत भण्डार बनाइँदै

सुनवलमा शीत भण्डार बनाइँदै

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ मा २१ करोडको लागतमा शीत भण्डार निर्माण कार्य सुरु भएको छ। जिल्ला सहकारी संघले शीत भण्डार निर्माण कार्य अघि बढाएको हो। निर्माण कार्यमा जिल्लाका सबै स्थानीय तहको सहभागिता र लगानी रहने गरी निर्माण कार्य सुरु भएको हो। 

शीत भण्डारका लागि सुनवल नगरपालिकाले डेढ बिघा जग्गा उपलब्ध गराएको छ। निर्माणाधीन शीत भण्डारको कुल लागतमध्ये ६० प्रतिशत रकम संघीय सरकारको हो। त्यसबापतको १२ करोड ६० लाख रुपैयाँ संघीय सरकारले पठाइसकेको छ। अन्य ४० प्रतिशत रकम प्रदेश, स्थानीय सरकार र जिल्लामा रहेका सहकारी संस्थाहरूको रहेको जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए। 

संघीय सरकारबाहेक जम्मा गर्नुपर्ने कुल ८ करोड ४० लाखमध्ये अहिलेसम्म करिब ४ करोड मात्र जम्मा भएको छ। जसमा सहकारीहरूबाट साढे २ करोड, सुनवल नगरपालिकाबाट सवा करोड र रामग्राम नगरपालिकाबाट ६० लाख रुपैयाँ मात्र जम्मा भएको छ। अझ ४ करोड रुपैयाँ अपुग रहेको संघका अध्यक्ष पौडेलले बताए। 

सात स्थानीय तहहरूमध्ये सबैले रकम जम्मा गर्नुपर्ने भए पनि अन्य पालिकाले रकम उपलब्ध गराउन उदासीन देखाएको संघका अध्यक्ष पौडेलले बताए। जिल्लाकै गौरवको योजनाका रूपमा हेरिएको यो शीत भण्डार निर्माण कार्यमा संघीय सरकारको योजनामा भन्दै प्रदेश सरकारले रकम दिन नमानेपछि समस्या भएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए। सुनवल चोकबाट शीत भण्डारसम्म पुग्ने डेढ किलोमिटर सडकलाई पहुँच मार्गका रूपमा विस्तार गर्न थालिएको नगर प्रमुख थापाले बताए। 

शीतभण्डारको क्षमता तीन हजार मेट्रिकटनको छ। अत्याधुनिक प्रविधिसहितको शीतभण्डारमा ५ वटा मल्टिसिस्टमका चेम्बर रहने छन्। तापक्रमअनुसार तरकारी, आलु, प्याज, माछा मासु र दूधलाई छुट्टाछुट्टै स्थानमा राख्ने व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.