चौधरी उद्योगग्रामको बियर प्लान्ट र गोदाममा आगलागी

चौधरी उद्योगग्रामको बियर प्लान्ट र गोदाममा आगलागी

नवलपुर : पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बुरअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक प्रकाश मल्लले बताए । 

बिहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् । 

आगो निभाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीसहित स्थानीय पनि खटिएको प्रहरी उपरीक्षक मल्ले बताए । गोदामको ठूलो भवनलाई भत्काएर आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन प्रयास भइरहेकाले क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

गोदाभित्र रहेका सबै बियर नष्ट भएकाले करडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.