राजा वीरेन्द्र सबैका प्यारा

राजा वीरेन्द्र सबैका प्यारा

नेपालको इतिहासमा २०५८ जेठ १९ रातिको दरबार हत्याकाण्ड नेपाली जनमानसमा एक दुःखद् घटनाका रूपमा चित्रित छ। सो घटनामा राजा–रानीसहित राजपरिवारका १० जनाको एकसाथ ज्यान गएको त्यो घटनाले नेपालतर्फ विश्वकै ध्यानाकृष्ट भएको थियो। यो काण्ड भएको १९ वर्ष पूरा भई २० वर्षमा लागेको छ। जुन खासगरि नेपाल र नेपालका लागि अत्यन्त पीडादायक घटना थियो।

घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्ट्रेसम्यान) मध्ये एक थिए। मूलतः अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो। एउटा अल्पविकसित राष्ट्रका राष्ट्राध्यक्षले सुसम्पन्न र अति विकसित राष्ट्रका राष्ट्राध्यक्षहरूसँग संवाद गर्दा समसामयिक विषयमा महत्वपूर्ण सुझाव दिन सक्छन् र त्यसले संयुक्त राष्ट्रसंघ एवं महाशक्तिहरूलाई पनि सोच्न बाध्य बनाउँछ भन्ने कुरा राजा वीरेन्द्रले राम्रोसँग प्रमाणित गरेर देखाइदिए।

केही दशकयता नेपाली राज्यले भोगेको सबैभन्दा ठुलो प्रकृतिसिर्जित संकट पाँच÷छ वर्षअघिको विध्वंसकारी भूकम्प तथा नाकाबन्दी पनि थियो भने त्यसअघिको अर्को राष्ट्रिय संकट दरबार हत्याकाण्ड थियो। ती दुवै त्रासदीलाई नेपाली राज्यले कमी–कमजोरीका बावजुद पार लगाएको छ। जहाँसम्म त्यो हत्याकाण्डको सूत्रधार को थियो ? भत्रे सदाबहार प्रश्न हो, त्योचाहिंँ सायद इतिहासको रहस्यकै रूपमा रहने छ। यस्तो रहस्य, जसको बारेमा कुनै दिन पूर्ण सत्य उजागर भयो भने पनि सबैले पत्याउने अवस्था नरहन सक्छ। दरबार हत्याकाण्डको पहिलो असर राजतन्त्रमाथि नै पर्‍यो। मानिसले दरबारको जग कति कमजोर रहेछ भन्ने प्रस्टसँग देखे, जसले गर्दा त्यसप्रति रहेको परम्परागत जनविश्वास स्वाठ्ठै घट्यो।

अस्वाभाविक परिवेशमा भएको ज्ञानेन्द्रको गद्दीरोहणलाई मानिसले बाध्यतावश स्वीकारेका थिए। उनले ‘कू’ गर्ने गल्ती गरेर राजतन्त्रलाई विस्थापन गर्ने कारक पनि बने। गोरखाबाट हिसाब किताब गर्ने हो भने झन्डै ४ सय ५० वर्षको शाहवंशीय राजतन्त्रकै अध्याय समाप्त भयो। तथापि, अझ किराँत, लिच्छवि, मल्ल आदि राजवंशलाई जोड्ने हो भने त त्यो एउटा युग कै समाप्ति थियो। यसर्थ दरबार हत्याकाण्ड भएको १९ वर्ष बितिसक्दा पनि यस्ता आशंका र जिज्ञासाहरू मेटिएका छैनन्, बरु अनेक अनुमान थपिँदै गएका छन्। यस्तो किन भयो भने आधुनिक नेपाली इतिहासको त्यो सनसनी घटनाको जरोमा पुग्ने गरी खोज अनुसन्धान नै गरिएन।

एकातिर राजा वीरेन्द्रले सो प्रस्तावबाट नेपालको राष्ट्रिय स्वाभिमान खरानी हुन्छ भन्दै भारतको ठाडै अस्वीकार गरिदिए। अर्कोतिर ब्रिटिस मोडलको संवैधानिक राजतन्त्र स्वीकार गर्ने नेपालका प्रथम राजा बने। पश्चिमका सञ्चारमाध्यमले समेत उनलाई प्रजातान्त्रिक र उदार राजा भनेका छन्।

त्यतिबेला प्रधानन्यायाधीश र सभामुख रहेको एउटा टोलीले घटनास्थलको अवलोकन र प्रत्यक्षदर्शीहरूको बयान संकलन त गर्‍यो, तर कुनै निचोड निकालेन। न त त्यसपछि कुनै खोजबिन गरियो। कतिसम्म भने राष्ट्राध्यक्षको हत्यासहित त्यति ठुलो शाही संहार हुँदा तत्कालीन संसद्मा समेत बहस भएन। न त राजनीतिक दलहरू गहिराइमा पुग्न चाहे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नयाँ राजा ज्ञानेन्द्रलाई स्थापित गर्नेमै केन्द्रित भए, भलै तिनै राजाबाट पछि धोका पाए। पदमुक्त भएपछि चाहिँ उनले त्यो हत्याकाण्डलाई आफूले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’को फर्मुलासँग जोडे, तापनि धेरै खुल्न चाहेनन्।

२०४३ सालमा प्रधानमन्त्री भएका मरिचमानसिंह श्रेष्ठ राजा वीरेन्द्रसँग खुलेर छलफल गर्थे भन्ने कुरा उनका अन्तर्वार्ता र उनीसँगको कुराकानीका प्रसंगमा छर्लंग भएका छन्। २०४५ सालमा सेनाले चीनबाट एन्टी एयरक्र्याफ्ट गनलगायतका सामग्री झिकाउँदा भारतले १५ महिनासम्म नेपालविरुद्ध नाकाबन्दी गर्‍यो। भारतका विदेशसचिव एसके सिंह ६ बुँदे प्रस्ताव लिएर आए। अब भारतसँग मात्र हतियार किन्नुपर्ने, भारतको स्वीकृतिबेगर कुनै राष्ट्रसँग कूटनीतिक सम्बन्ध राख्न नपाइने, व्यापार र पारवहनमा भारतको स्वीकृति लिनुपर्ने आदि विषय त्यसमा उल्लेख थियो।

राजा वीरेन्द्रले सो प्रस्तावबाट नेपालको राष्ट्रिय स्वाभिमान खरानी हुन्छ भन्दै ठाडै अस्वीकार गरिदिए। त्यसपछि भारतले दिल्लीका नेता एवं पत्रकारहरूको हुल पठाएर राजा वीरेन्द्रको एकाधिकार र निरंकुशता तोडेर दलहरूका हातमा शासन व्यवस्था ल्याउनुपर्छ भन्दै २०४६ सालको आन्दोलन सुरु गरायो। चन्द्रशेखर, हरकिशनसिंह सुरजित, सुब्रमव्यम स्वामी, एमजे अकबरलगायतका नेताले राजा वीरेन्द्र ‘तानाशाह’ हुन् भन्दा नेपालका कैयन् नेताले थप्पडी बजाए। विपीका जेठा छोरा प्रकाश कोइरालादेखि पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यसमेत धेरै राष्ट्रवादीहरू २०४६ सालको आन्दोलनका पक्षमा थिएनन्। २०२८ माघ १७ गते राजा महेन्द्रको असामयिक स्वर्गारोहण भएपछि युवराज वीरेन्द्र नेपालका राजा भए। राजा महेन्द्रले ५३ राष्ट्रसँग कूटनीति सम्बन्ध स्थापना गरिसकेकाले धेरैजसो राष्ट्र नेपालबारे अनभिज्ञ थिएनन्। विश्वमञ्चमा नेपालको भूमिका महत्वपूर्ण हुँदै गएको र नेपालले हजारौं वर्षदेखि बचाएको स्वतन्त्रता, एकता र अखण्डता अन्य देशका लागिसमेत उदाहरणीय बनेको सन्दर्भमा त्यसबेला संसारले नेपाललाई सूक्ष्म रूपमा हेरिरहेको थियो।

२०३८ भदौ १६ गते पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बन्न पुग्यो। उनले भाषणमा अभिव्यक्त गरेका हृदयस्पर्शी शब्दहरूले त्यहाँ उपस्थित सम्पूर्ण सहभागी द्रवित र भावविभोर बन्न पुगे। नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले २०३१ फागुन १३ गते (शुभराज्याभिषेकको भोलिपल्ट) शान्ति क्षेत्रको प्रस्ताव राखे। आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए। यसमा ११६ राष्ट्रले समर्थन गरे पनि भारतले दुराशयपूर्वक त्यसको समर्थन गरेन।

समग्रमा भन्नुपर्दा, हाल आएर हाम्रा छिमेकीमध्ये भारतले देशका विभिन्न ७४ स्थानमा सीमा मिचेको छ भने त्यस्तै चीनले पनि केही उत्तरी नाकामा सीमा मिच्ने क्रम रोकिएको छैन। तत्कालीन समयमा राजा वीरेन्द्रले भारतीय आक्रामकताको सामना गर्ने एकमात्र कार्ड चीनलाई बनाए। राजा बन्नेबित्तिकै महेन्द्रको शासनकालमा संरक्षण पाएका तिब्बती खम्पाहरू विरुद्ध सैन्य कारबाही गरे, जसबाट भारत–अमेरिका दुवै चिढिए।

२०४५ सालमा चीनबाट विमानभेदी अस्त्रहरू ल्याएपछि भारतले नाकाबन्दी नै लगाइदियो र पञ्चायतविरोधी जनआन्दोलनलाई समर्थन गर्‍यो। जनआन्दोलनकै बीचमा भारतले एउटा सम्झौता प्रस्ताव राख्यो, जसमा हस्ताक्षर गरेको भए नेपाल भुटानको हैसियतमा पुग्ने निश्चितप्रायः थियो। वीरेन्द्रले मुलुकलाई त्यो मोडमा जोगाए, जनआन्दोलनको भावनाअनुरूप राष्ट्रिय शक्तिहरूसँगै सम्झौता गरेर बहुदलीय प्रजातन्त्रको घोषणा गरे। मूलतः आफ्नो जीवनको उत्तरार्धमा उनले दिल्लीसँग सम्बन्ध सुधार्ने प्रयास पनि गर्दै थिए, त्यो सफल नहुँदै हत्याकाण्डमा ज्यान गयो।

ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयको अब्बल शिक्षाले मात्र राजा वीरेन्द्रको व्यक्तित्वलाई विराट् र उच्च बनाएको होइन। राजदरबारमा परिवारबाट पाएको संस्कार, तालिम, राष्ट्र र जनताप्रति पिताको समर्पण, अदम्य एवं अतुल्य प्रेम एवं राष्ट्रलाई सुदृढ, समृद्ध र युगानुकूल बनाउनुपर्छ भत्रे सचेतनाले राजा वीरेन्द्रलाई सदैव उत्प्रेरित गरिरहेको पाइन्छ। २००२ पुस १४ गतेदेखि २०५८ जेठ १९ सम्मको जीवनकाल अध्ययन गर्दा व्यक्तिगत सुखसयल, भोगविलास, मोजमज्जामा समय बर्बाद नगरी पलपलको सदुपयोग गरे राजा वीरेन्द्रले।

अतः राजा वीरेन्द्रको शासनकालमा दुईवटा प्रमुख घटनालाई विश्वका सञ्चारमाध्यम र कूटनीतिज्ञहरूले धेरै महत्व दिएको पाइन्छ। २०३६ सालमा उनले निर्दलीय पञ्चायती व्यवस्थाबारे लोकसम्मति बुझ्न राष्ट्रिय जनमत संग्रह गराउने घोषणा गरे। त्यस्तै, २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको सट्टामा बहुदलीय प्रणालीको पुनःस्थापना गराए। ब्रिटिस मोडलको संवैधानिक राजतन्त्र स्वीकार गर्ने उनी नेपालका प्रथम राजा हुन्। त्यसै कारणले गर्दा पनि पश्चिमका सञ्चारमाध्यमले समेत उनलाई प्रजातान्त्रिक र उदार राजा भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.