नवलपरासीको भलुही खोलामा नदीजन्य पदार्थको व्यापक दोहन

नवलपरासीको भलुही खोलामा नदीजन्य पदार्थको व्यापक दोहन

परासीः पश्चिम नवलपरासीको बासाबसहीस्थित भलुही खोलामा नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ ।

नदी दोहनले बस्ती नै जोखिममा परेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । उक्त खोलाको सरावल गाउँपालिकाले ठेक्का लगाएको हो । जेठ मसान्तसम्मका लागि ठेक्का लगाइएको भए पनि ठेक्काको म्याद सकिने समय नजिकिँदै गर्दा ठेकेदारले मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ दोहन गर्न सुरु गरेको स्थानीयको गुनासो छ।

गाउँपालिकाले सुनवलस्थित पञ्चतारा कन्स्ट्रक्सनका प्रोपाइटर प्रदीप पोखरेललाई ४५ लाखमा ठेक्का दिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । नदीजन्य पदार्थ उत्खनन् गर्दा मेसिन प्रयोग गर्न नपाइने गरी दिइएको उनले जानकारी दिए ।

तर ठेकेदारले बस्ती नै जोखिममा पर्ने गरी ढुंगा, बालुवा निकालेपछि स्थानीयले बिरोध गरेका छन् । ठेकेदारले दिनमा ३ वटासम्म स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकाल्ने गरेको स्थानीयले बताए ।

यसैबीच नदीजन्य पदार्थको दोहन भएको गुनासो बढेपछि प्रहरीले एक स्काभेटरसहित १५ वटा टेक्टर खोलाबाट पक्राउ गरेको छ । तीन वटा स्काभेटरले नदीजन्य पदार्थ निकालेको जानकारी पाएपछि गएको प्रहरीले खोलाबाट एउटा स्काभेटरसहित टेक्टर पक्राउ गरेको हो । दुई वटा भने ठेकेदारले पहिल्य नै भगाइसकेकाले पक्राउ पर्न नसकेको स्थानीयले बताए ।

खोलामा जथाभावी रुपमा मेसिन प्रयोग गरेको जानकारी पाएपछि गएको प्रहरी टोलीले स्काभेटर र ट्याक्टर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए । पक्राउ परेका सबै सवारी साधनलाई आवश्यक कारवाहीका लागि गाउँपालिका पठाइने लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.