बुर्किना फासो: सशस्त्र समूहको आक्रमणमा एक सय जना मारिए
बुर्किना फासो: बुर्किना फासोको उत्तरी भागमा रहेको एक गाउँ सोल्हानमा हतियारधारी समूहको आक्रमणबाट एक सय जना स्थानीय बासिन्दा मारिएका छन् ।
आक्रमणमा कति जनाको मृत्यु भयो भन्ने यकिन विवरण आइसकेको छैन । यहाँका राष्ट्रपति रोक कबोरेले भने करिब एक सय जनाको हत्या भएको बताएका छन् ।
घटनाको जिम्मा हालसम्म कसैले पनि लिएको छैन । यद्यपि पछिल्लो उत्तरी गाउँहरुमा इस्लामिक समूहको आक्रमण तिब्र बन्दैगएको छ ।
रोयटर्स अनुसार शुक्रवार राति सोल्हान गाउँमा छापा मारिएको र त्यहाँ घर तथा बजारमा आगजनी गरिएको थियो । यस क्षेत्रमा पछिल्लो समय विभिन्न सशस्त्र समूहले छापा मार्ने र अपहरणका गतिविधि बढाउँदै आएका छन् ।
बुर्किना फासोमा हिंसा बढ्दै गएपछि छिमेकी देश फ्रान्सले अतिवादी समूहविरुद्ध लड्न सैन्य सहयोग गर्दैआएको छ ।