न्यु बुटवल सबस्टेसन सञ्चालनको तयारी

न्यु बुटवल सबस्टेसन सञ्चालनको तयारी

परासी : न्यू बुटवल सबस्टेसन सञ्चालनको तयारी भएको छ। निर्माणको सम्पूर्ण काम सकिएको छ। परीक्षण र सञ्चालनको काम मात्र बाँकी छ। यो सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको न्यू बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाद्वारा निर्माणाधीन छ।  

यसमा एसियाली विकास बैंकको सहुलियपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित भूमहीमा निर्माण भइरहेको २२०/१३२ केभी न्यू सबस्टेसनको निर्माण कार्य सन् २०१८ मा सुरु भएको थियो। सबस्टेसन निर्माण कार्यको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी श्री टाटा प्रोजेक्ट्स लि. इन्डिया कम्पनीलाई दिइएको छ। सबस्टेसनको कार्य अन्तिम चरणमा रहेको र परीक्षण तथा सञ्चालनको काम एक महिनाभित्र पूरा गर्ने गरी कामलाई अघि बढाएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताए। 

सबस्टेसनको निर्माण लागत करिब १ अर्ब रुपैयाँको हो। यसको निर्माण काम आठ महिनाअघि सम्पन्न हुनुपर्ने थियो। तर, परीक्षण र सञ्चालनका लागि भारतबाट प्राविधिक आउन नसक्दा ढिलाइ भएको आयोजना प्रमुख मिश्रले बताए। कोभिड–१९ का कारण भएको बन्दाबन्दीले प्राविधिक आउन नसकेका हुन्। प्राविधिक आउने तयारीमा रहेकाले परीक्षण भएको एक महिनाभित्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ।

प्राधिकरणकै कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाको कुश्मा न्यू बुटवल २२० केभी डबल सर्किट प्रशारण लाइनमार्फत कालीगण्डकी नदी र आसपासका नदीहरूमा उत्पादन हुने विद्युत यस स्टेशनसम्म आउनेछ। सोही विद्युत न्यू बुटवल सबस्टेशनबाट न्यू बुटवल बर्दघाट २२० केभी प्रसारण लाइनमार्फत भरतपुर–बर्दघाट प्रसारण लाइन हुँदै राष्ट्रिय ग्रीड प्रणालीमा जोडिनेछ। हाल कुश्मा न्यू बुटवल प्रसारण लाइन निर्माण सम्पन्न भइनसकेकाले न्यू बुटवल सवस्टेशनमा मौजुदा जोगीकुटी बर्दघाट १३२ केभी प्रसारण लाइनलाई लुप इन लुप आउटमार्फत चार्ज गर्ने गरी काम अघि बढेको आयोजना प्रमुख मिश्रले बताए। 

उनका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभीड १९ र आयोजनाको लागि भन्सार छुटमा पैठारी हुने उपकरणहरूको स्वीकृतिमा ढिलाइका कारण समयमै सबस्टेशन निर्माण सम्पन्न हुन नसकेको हो। बन्दाबन्दीको समयमा पनि लगातार कार्य सञ्चालन गरि आयोजना सम्पन्न हुने चरणमा पुगेको उनको भनाइ छ।

यस्तै सोही आयोजनाद्धारा न्यू बुटवल सवस्टेशनदेखि सोही जिल्लाको बर्दघाटसम्म निर्माण हुने करिब २१ किमिको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्यसमेत सुरु भइसकेको छ। उक्त प्रसारण लाइन निर्माणको जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी श्री पावर चाइना सेप्को वान इलेक्ट्रिक पावर कम्पनीलाई दिइएको छ। कम्पनीले सन् २०२० डिसेम्बर अन्तिममा निर्माण कार्य सुरु गरेको हो। 

उक्त कार्यअन्तर्गत रुट सर्भे, माटो परीक्षण, रुख गणना र मार्किङ, डिजाइनलगायतको काम सम्पन्न भइसकेको छ। यो प्रसारण लाइन जिल्लाको सुनवल नगरपालिका, सरावल गाउँपालिका हुँदै बर्दघाट नगरपालिका–५ स्थित भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइनमा जोडिनेछ। करिब ६४ करोड रुपैयाँ लागत रहेको यस प्रसारण लाइनको निर्माण आव २०७८/७९ भित्र सम्पन्न गरिने लक्ष्य राखिएको जनाइएको छ। 

२२०/१३२ केभी न्यू बुटवल सबस्टेशनका लागि आवश्यक १४ विघा जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको र प्रसारण लाइनको टावरले ओगट्ने क्षेत्रको जग्गा अधिग्रहणको काम समेत सुरु भैसकेको आयोजनाले जनाएको छ। यो प्रसारण लाइन तथा सबस्टेसन आयोजना नेपाल सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो। हाल जिल्लामा रहेका बहुराष्ट्रिय, ठूला र साना तथा मझौला उद्योगदेखि अन्य उपभोक्ताहरू लो भोल्टेज लगायतका समस्याको मारमा रहेको उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताए। सवस्टेशन निर्माण विद्युत गुणस्तरमा सुधार आउने र त्यसबाट सबैभन्दा बढी औद्योगिक क्षेत्र लाभान्वित हुने अग्रहरीको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.