अस्पतालमा कुरुवा प्रतीक्षालय

अस्पतालमा कुरुवा प्रतीक्षालय

दाङ : राप्ती प्रादेशिक कोरोना विशेष अस्पताल बेलझुन्डीमा बिरामी कुरुवाका लागि प्रतीक्षालय निर्माण गरिएको छ। अस्पतालमा भर्ना भएका बिरामीहरूका आफन्त बिरामीको अवस्था बुझ्न जाँदा सुरक्षित रूपमा बस्ने स्थान नहुँदा भएको समस्यालाई देखेर प्रतीक्षालय निर्माण गरी अस्पताललाई हस्तान्तरणसमेत गरिएको हो।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अस्पतालमा बिरामी कुरुवा प्रतीक्षालय निर्माण गरेर हस्तान्तरण गरेको हो। नेकपाको जिल्ला समिति र युवा संगठनको सक्रियतामा १ लाख ३० हजार रुपैयाँको लागतमा चार दिनमा प्रतीक्षालय निर्माण गरी हस्तातरण गरिएको युवा संगठनका केन्द्रीय सदस्य तिलक योगीले बताए। उनले जनश्रमदान र विभिन्न व्यक्तिको सहयोगमा प्रतीक्षालय निर्माण सम्पन्न भएको जानकारी दिए। उनले अस्पतालसँगको छलफलमा आवश्यकताको महसुस गरेर प्रतीक्षालय निर्माण गरिएको उल्लेख गरे। 

नेकपा दाङले निर्माण गरेको कोभिड बिरामी कुरुवा प्रतीक्षालय प्रभावकारी र अहिलेको आवश्यकता पूरा भएको अस्पताल व्यवस्थापनका दोर्ण वलीले बताए। उनले छोटो समयमा अस्पतालमा प्रतीक्षालय निर्माण गरिनुले देशभरि सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले अस्पतालको आवश्यकता नेकपाले पूरा गरिदिएकोमा धन्यवादसमेत दिए।  

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालमा प्रतीक्षालय निर्माण गरिनुले सकारात्मक तथा अनुकरणीय र उदाहरणीय काम भएको बताए। उनले निर्माणका लागि अस्पतालको तर्फबाट धन्यवादसमेत दिए। नेकपा केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज बलबहादुर वली शीतलले  अहिलेको अवस्थामा अस्पतालको आवश्यकता सानो र थोरै भए पनि पूरा गरेको बताए। प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षण गर्न आग्रहसमेत गरे। उनले अस्पताललाई आवश्यक परेको खण्डमा अन्य जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.