कोरोनाले नछोएको मुस्ताङको एक स्थानीय तह

कोरोनाले नछोएको मुस्ताङको एक स्थानीय तह

जोमसोम : देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तह कोरोना भाइरस माहामारीले आक्रान्त छन् । तर, हिमाली जिल्ला मुस्ताङको एक स्थानीय तहमा अहिलेसम्म संक्रमण देखिएको छैन।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गापामा हालसम्म कोरोना भाइरसले कसैलाई प्रभावित पार्न सकेको छैन।

मुस्ताङमा वैशाख १५ गतेदेखि समुदायस्तरमा कोरोनाको दोस्रो लहरको संक्रमण देखियो। मुस्ताङमा कोरोना संक्रमण तीव्र गतिमा फैलिदै जाँदा कोरोनाको जोखिम बढेको छ। मुस्ताङमा वैशाख १६ गतेदेखि हालसम्म कोरोना परीक्षण गर्दा  ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ भने १ सय ८५ जना व्यक्ति निको भइसकेका छन्।

यस्तै, कोरोनाका कारण मुस्ताङका ३ स्थानीय तह गरेर १३ जना व्यक्तिले ज्यान गुमाइसकेका छन्। मुस्ताङको घरपझोङमा १ सय १० जना, थासाङमा १ सय ९ जना, वारागुङ मुक्तिक्षेत्रमा १ सय ४० जना र लोमान्थाङ गाउँपालिकामा १० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।

मुस्ताङका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहमा कोरोना संक्रमित दैनक फेला पर्ने गरेको छ। तर, जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धि भइरहदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका भने कोरोनाले हालसम्म पनि कुनै असर नगरेको उक्त गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। 

भौगोलिक रुपले अन्य स्थानीय तह भन्दा अत्यन्तै विकट स्थानमा रहेको लोघेकर दामोदरकुण्डमा केही साता अघि एन्टिजेन परीक्षणमा गरिएको थियो। गाउँपालिकाकी स्वास्थ्य संयोजक सञ्जु गुरुङले आफ्नो पालिका अझै कोरोना सून्य रहेको बताइन्। 

लोघेकर कोरोना सून्य भएपनि स्थानीय तहले आवश्यक सुरक्षा रणनीति अख्तियार गरेको जनाएको छ। गापा केन्द्र चराङमा जनशक्तिसहित ५ बेडको कोभिड अस्पताल र ५ बेडको क्वारेन्टाइन बनाएको छ। 

यस्तै लोघेकर दामोदरकुण्ड गापामा ३ स्वास्थ्य संस्था, २ स्वास्थ्य ईकाई र ४ वटा जिग्मे मेमोरियल फाउन्डेसनको स्वास्थ्य क्लिनिक छन्।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.