भोकमुक्त गर्न खाद्य बैंक

भोकमुक्त गर्न खाद्य बैंक

गुलरिया : कोभिड महामारीका बेला समुदायमा रोगले मात्र होइन भोकले पनि कोही नमरुन् भन्ने अभियान लिएर बर्दियामा खाद्य बैंक शुरु गरिएको छ। हुनेले दिउन नहुनेले लैजाउन भन्ने हेतुले खाद्य बैंक स्थापना गरिएको हो। 

खाद्य बैंक मार्फत संकलित खाद्यान्न अभाव झेलिरहेका विपन्नलाई वितरण गरिएको छ। बर्दियामा अक्सिजन बैंकको सामाजिक अभियानले गतिलिएसँगै रोगले मात्र होइन भोकले पनि कोही नमरुन भन्ने अभिप्रायले खाद्य बैंक स्थापना गरिएको लायन्स क्लव अफ बर्दियाका अध्यक्ष सुधाकर मिश्रले बताए। 

गुलरिया नगरपालिकाको समन्वय, सहयोग र सहकार्यमा हिन्दु स्वयंसेवक संघ नेपाल, लायन्स क्लव अफ बर्दिया र एन्टा अमेरिका लगायतका सामाजिक संस्थले बैंक मार्फत खाद्यान्न संकलन गर्ने अभियान चलाएका हौं। 

उनले भने सहयोगी मनले बैंकमा खाद्यान्नका लागि सहयोग उपलब्ध गराउने क्रम जारी छ। स्थानीय दाताबाट सहयोग एकीकृत गरी बिपन्न समुदायलाई खाद्यान्न वितरण गरेका छौं। दाल, चामल, पिठो, नुन, तेल, लगायतका अत्यावश्यक सामग्री खाद्यान्न अभाव खेपिरहेका वास्तविक परिवारलाई उपलब्ध गराएका छौं। नगरमा लकडाउनले प्रभावित भएर खाद्यान्न अभाव खेपीरहेका पीडितलाई बैंकमार्फत संकलित सहयोग वितरण गर्ने हाम्रो मुल उद्देश्य हो। 

हिन्दु स्वयंसेवक संघ नेपाल नेपालगञ्ज संवाहक राजेन्द्रकुमार यादवले भने हुनेले बैंकलाई दिने र नहुनेले बैंकबाट लैजाउन भन्ने बैंकको मुख्य उद्देश्य छ। बैंकले प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, ५ केजी पिठो, आधा लिटर तेल, २ वटा सावुन र ५ ओटा मास्क दिएको छ।

बैंकलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन नगरपालिका तयारी अवस्थामा रहेको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए। 

खाद्यान्न वितरणका लागि नगरपालिकाले गाडी उपलब्ध गराउँदै आएको छ। उनले भने आवश्यकता अनुसार बैंकको दायरा बढाउन हामीले पहल गरेका छौं विश्वव्यापी कोभिड महामारीका कारण चौतर्फी प्रभाव पारेको छ। कोभिडका कारण दैनिक बिहान बेलुकाको छाक टार्न धौधौ परेका परिवारलाई अभियान सान्दर्भिक छ।

    
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.