चितवनमा ६२ देखि ६४ वर्षसम्मका लक्षित समूहलाई मंगलबारदेखि पहिलो मात्राको खोप दिइने

चितवनमा ६२ देखि ६४ वर्षसम्मका लक्षित समूहलाई मंगलबारदेखि पहिलो मात्राको खोप दिइने

भरतपुर  : चितवन जिल्लामा भोलि (मंगलबार) देखि कोरोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो मात्राको खोप कार्यक्रमलाई निरन्तरता दिइँदै छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभरिका खोप केन्द्रमा खोप पठाइसकिएको छ । सो खोप कार्यक्रममा मुख्यतः ६२ देखि ६४ वर्षसम्मका वृद्धवृद्धालाई पहिलो मात्राको भेरोसिल खोप लगाइने बताइएको छ ।

जिल्लाका स्थानीय तहभरि कूल ७९ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाउनका जाने व्यक्तिका लागि नागरिकता वा परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएका खण्डमा वडाको सिफारिसबाट खोप लगाउने मिल्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार २५ र २६ गते नियमित तथा छुट्पुटमा परेकाहरूलाई २७ गते खोप प्रदान गरिने छ । लक्षित उमेर समूहका ११ हजार जनालाई सम्बन्धित वडा कार्यलयमा गएर खोप लगाउन मिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानकाका लागि तीन सय १६ जना स्वास्थ्यकर्मी परिचालित गरिएका छन् । जिल्ला कोभिड १९ समन्वय तथा अनुगमन समितिको आज बसेको बैठकले केन्द्रले गरेको निर्णय अनुसार खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक प्रसाद तिवारीले बताए ।

भेरोसेल खोप चीन सरकारको सहयोगमा प्राप्त भएको हो । यसअघि चितवनमा भारतीय सरकारले अनुदानमा दिएको कोभिसिल्ड खोप लगाइएको थियो । चितवन जिल्लामा हालसम्म ३९ हजार ८ सय ७९ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्राको कोभिसिल्ड खोप लगाउनेको संख्या भने १३ हजार १ सय ८९ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.