किरियामा बसेका आमाछोरा जलेर घाइते

किरियामा बसेका आमाछोरा जलेर घाइते

फिदिम : ग्यास लिक भएर किरियापुत्री बसेको ठाँउमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका-४ जोरसालमा आमासहित दुई जना छोरा गम्भीर घाइते भएका छन्। 

सोमबार दिउँसो दिवंगत भएका भगिरथ सापकोटाको किरियामा बसेकी ७२ वर्षीया सापकोटाकी श्रीमती चनमायासहित ४९ वर्षीय छोरा दिनानाथ र ३२ वर्षीया छोरा मदन सापकोटा घाइते भएका हुन्। सोमबार साँझ ८:४० बजे ग्यास लिक भएर भगिरथको किरियामा बसेका आमासहित दुई छोरा जलेर घाइते भएका हुन्।  

घाइते भएका तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको पारिवारिक स्रोतले जनाएको छ।  आगलागीबाट अन्य क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी इनिस्पेक्टर डम्बदर विश्वकर्माले जानकारी दिए।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.