लकडाउनको उपयोगमा कौसी खेती

लकडाउनको उपयोगमा कौसी खेती

कोरोनाको महामारीको दोस्रो लहरबाट विश्व नै आक्रान्त छ। यसमा नेपाल पनि अछुतो छैन। अहिलेको स्थिति भनेको हाम्रो देशमा गहुँ बालीलगायत विभिन्न किसिमका बालीनाली भित्र्याउने र तरकारीहरू लगाउने समय पनि हो। सरकारले पनि बन्दाबन्दी (निषेधाज्ञा) को उपाय अपनाएको छ। मूलतः जसले गर्दा घरभित्रै थुनिएका छौं। यसर्थ मानिसलाई दैनिक भान्सा चलाउन आवश्यक पर्ने तरकारीदेखि लिएर खाद्यान्नहरूको जोहो गर्नसमेत कष्टकर हुँदै गएको छ। यो समयमा कौसी खेती तथा करेसा बारीमा खेती गर्नेहरूका लागि भने निकै ठूलो राहत मिल्ने भएको छ।

कौसी र करेसा खेतीबाट शारीरिक व्यायामका साथै सामाजिक सञ्जाल, टेलिभिजन हेरेर समय व्यवस्थापन गर्नुभन्दा बढी फाइदाजनक तरकारी खेती गरेर पाइन्छ। यसबाट दैनिक भान्साको समस्या समाधानका साथै बन्दाबन्दीको समयमा पनि घरमै उपयुक्त व्यवस्थापन हुनुका साथै तरकारी किन्न भौतारिनुपर्ने अवस्था नहुने र तरकारीलाई तिर्नुपर्ने दोब्बर, तेब्बर मूल्य तिर्नुपर्ने चिन्ताबट पनि मुक्त हुन सक्नुका साथै विषादीजन्य तरकारीको मारबाट पनि टाढै रहन सकिन्छ। यो समय भनेको संकटपूर्ण घडीको समय भएकाले समयको उपयोग गरी आआफ्नो कौसी तथा करेसा बारीमा खेती गर्नेहरूका लागि भने निकै ठूलो राहत भएको महसुस हुन्छ।

हाम्रो देशको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टर रहेको छ। यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ। यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार ७ सय, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार ५ सय र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख १ हजार ९ सय हेक्टर पर्दछ। यसर्थ खेतीयोग्य भूमिको ३४ दशमलव ५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार ३ सय २३ हेक्टरमा  सिञ्चित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५ दशमलव ७ प्रतिशतभन्दा बढी मानिस कृषि पेशामा लागेका छन्।

विषादीको अवशेष रहेका बजारका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिगौला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिन थालेका छन्। भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो कौसी खेतीले उत्तम विकल्प दिन्छ।

यसमा राष्ट्रिय आयको ३५ प्रतिशत अंश प्राप्त हुन्छ भने कृषि एवं वन क्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगटनुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखा पर्छ भने अर्कोतर्फ प्रतिव्यक्ति सरदर आय केवल १ हजार ४ अमेरिकी डलर र २५.१६ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ। जसले कृषिमा आधुनिकीकरण तथा विविधिकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ। कृषिलाई विविधिकरण गरि व्यावसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ।

यसरी सर्वांगीण विकासमा कृषि क्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डको रूपमा रहेको कुरा आवधिक योजनाहरूमा यस क्षेत्रको विकासका निम्ति दिइएको महत्वबाट स्पष्ट हुन्छ। तसर्थ हाम्रो देशको विभिन्न घना सहरी क्षेत्रमा कौसी खेती त्यसको एउटा भरपर्दो विकल्प हो। आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बालीनालीजस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ। विशेषगरी सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ।

यस्तो कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्रांगारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ। यसमा सागबाली, कोसेबाली, लहरेबाली, जरेबालीजस्तै चम्सुर, पालुंगो, धनियाँ, मेथी, सुप, गाँजर, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, मुला, सलगम, आलु, तरुल, घिरौंला, काँक्रो, फर्सी आदि तरकारी वर्षैभरि लगाउन सकिन्छ। त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ। लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ। कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ।    

अन्त्यमा, कौसी तरकारी खेती गर्दा चारपाँचवटा फाइदा सजिलैसँग प्राप्त गर्न सकिन्छ। पहिलो कुरा त घरमा बसेर टेलिभिजन, मोबाइल, कम्प्युटर, युट्युवमा बसेर फिल्म वा कुनै पनि सामाजिक सञ्जाल हेर्दा तनाव व्यवस्थापन हुनुको साटो झन बढ्न सक्ने एकातिर छ भने अर्कोतिर शारीरिक व्यायम नुहुनुका साथै आलश्यता बढ्ने हुन्छ। जबकी करेसाबारी वा कौसीमा बोटविरुवासँग रमाउँदा अर्कै आनन्द प्राप्त हुन्छ। जसले गर्दा शरीर निकै फुर्तिलो हुनुको साथै मानिसलाई विभिन्न प्रकारका रोगव्याधि पनि हट्दै जान्छ किनकि आजकाल धेरै मानिसलाई सुगर, प्रेसर, मुटुरोगी छन्।

विभिन्न रोगका लागि यो रामवाणको रूपमा रहेको पनि सम्बन्धित क्षेत्रका जानकारहरूले बताउँदै आएका छन्। देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको हुँदा कृषि विकासबिना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रम कृषकसमक्ष ल्याई कार्यान्वयन गर्दै आइरहेको छ। सीमित स्रोतसाधनको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आयआर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा योगदान पुग्नु नै कार्यक्रम कार्यान्यवनको सफलता मान्न सकिन्छ।

विषादीको अवशेष रहेका बजारका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिगौला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिन थालेका छन्। भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो कौसी खेतीले उत्तम विकल्प दिन्छ। हरियाली ल्याउन साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग पुग्न सक्छ। घरको शोभा बढाउन र मन बहलाउन पनि सजिलो हुन्छ। बाली उत्पादन गर्दा मन प्रफुल्ल हुने, शारीरिक कसरत पनि हुने भएकाले घरका सबै सदस्य महिला, पुरुषलगायत केटाकेटी र बुढाबुढीसम्म सबैले सजिलैसँग उत्पादनमूलक कार्यमा फुर्सदको समय सदुपयोग गर्न सक्छन्।

बिरुवा तथा माटोसँग नजिक रही काम गर्दा छुट्टै आनन्द तथा ज्ञान प्राप्त गर्न सकिने हुँदा सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन्। यसरी कौसी खेतीबाट उत्पादित ताजा तरकारीले दैनिक आहार सन्तुलनमा महत्वपूर्ण भूमिका पनि खेलेको हुन्छ। मानिसको दैनिक आहारमा चाहिने पौष्टिक तत्वहरूमा कार्बोहाइड्रेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ। मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने प्रायः सबै तत्व प्रचुर मात्रामा तरकारीमा पाइन्छ। तरकारीमा पानीको मात्रा, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, खनिज पदार्थ र बढी मात्रामा रेसा हुन्छन्, जसले पाचन प्रक्रिया सुचारु राख्नमा सहयोग गर्छ।

यसका लागि विभिन्न प्रकारका तरकारी जस्तै हरियो सागसब्जी, कन्दमुल तथा जरे तरकारी, कोसेबाली तरकारी, फल तरकारीको उपभोग गर्नुपर्छ। धनियाँ, लसुन, अदुवा, खुर्सानी, पुदिना, मेथी, रायो, प्याज आदि तरकारीमा पनि मानव जीवनलाई स्वस्थ राख्न आवश्यक अनेक तत्व हुन्छन्। कौसीमा गरिने विषादीरहित तरकारी बालीमा विभिन्न किसिमका पौष्टिक तत्व दिने खालका बालीनाली हुनुपर्छ। यस्ता तरकारी सेवनबाट कुपोषणबाट टाढा रहनुका साथै सूक्ष्म विषको असरबाट बच्न सकिन्छ। उपत्यकाको बढ्दो सहरी जनसंख्यासँगै तरकारीको माग पनि बढ्दो छ।

उपत्यकामा दैनिक एक हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ। हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक ५ सय देखि ६ सय टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ। वर्षौंदेखि सञ्चालनमा आएको कालीमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलाञ्चोकलगायतबाट बढी मात्रामा तरकारी भित्राउने गरेको छ। कालीमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ। उक्त बजार समितिका भनाइ अनुसार माग अनुसार पूर्ति गर्न सकेको छैन। नेपालका विभिन्न जिल्लाका तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सकेका छैनन्। तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर सहर पुर्‍याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने गरेको किसान गुनासो गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.