कर्णालीका पदमुक्त चार सांसदको पुनर्वहाली

कर्णालीका पदमुक्त चार सांसदको पुनर्वहाली

सुर्खेत : कर्णालीमा फ्लोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सांसदहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ। एमालेले कारबाही गरेपछि पदमुक्त भएका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्चले सांसद पदमा पुनर्वहाली गरिदिएको हो।

    गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिएका थिए। त्यसक्रममा एमालेको माधव नेपाल पक्षका चारजना सांसदहरुले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको प्रदेश सरकार जोगाइदिएका थिए। त्यसपछि पार्टीको ह्वीप उलंघन गरेको भन्दै एमालेले चारै जनालाई सांसद पद र पार्टीको साधारण सदस्यबाटसमेत हटाएको थियो। तर सर्वोच्चले बिहीवार उक्त कारबाही तत्काल कार्यान्वयन नगर्न प्रदेशसभा सचिवालयको नाममा अन्तरिम आदेश दिएको छ।

आफूहरुमाथि गरिएको कारबाहीविरुद्ध सांसदहरु अदालतमा पुगेको थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उनीहरुलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न प्रदेशसभा सचिवालयको नाममा आदेश दिएको हो। 

सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेशसभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो। नेकपा हुँदा माओवादीको नेतृत्वमा एमाले पनि सरकारमा थियो। तर नेकपा विभाजन भएसँगै कर्णाली सरकारबाट एमाले बाहिरिएको थियो। यद्यपी माधव नेपाल पक्षले पनि सरकारलाई आफूहरुको समर्थन कायमै रहेको बताउँदै आएको थियो।
 
त्यहीक्रममा वैशाख ३ गते चार जना सांसदले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको प्रदेश सरकार जोगिएको थियो। एमालेको निर्णयपछि प्रदेशसभा सचिवालयले बैशाख १३ गते उनीहरु चारै जना पदमुक्त भएको पत्र सार्वजनिक गरेको थियो। ज्वाला सल्यान प्रदेशसभा (ख), बुढा डोल्पा प्रदेशसभा (क), शाही कालिकोट प्रदेशसभा (क) र थापा दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित सांसद हुन्। हाल ज्वालाबाहेक शाही, बुढा र थापा कर्णाली प्रदेश सरकारका मन्त्री बनेका छन्। उनीहरुलाई मुख्यमन्त्री शाहीले बैशाख ४ गते मन्त्रीमा नियुक्त गरेका थिए। 

सर्वाेच्च अदालतले पुनर्वहाली गरेपछि सांसद प्रकाश ज्वालाले सत्यको जीत भएको प्रतिक्रिया दिएका छन्। ज्वालाले भने, ‘हामी सत्यको पक्षमा भएकै कारण अदालतले पनि हाम्रो पुनर्वहाली गरिदियो।’ अदालतले आफूहरु सत्यकै पक्षमा रहेको पुष्टि गरी दिएको उनको प्रतिक्रिया छ। कारबाही गरिएका सांसदहरुको पुनर्वहालीसँगै कर्णाली प्रदेशसभामा पुन ः नेकपा (एमाले) को एकल बहुमत फर्किएको छ। अदालतको आदेशपछि प्रदेश सभा ३९ सदस्यीय बनेको छ। हाल कायम रहेको ३९ सदस्यीय प्रदेश सभामा सभामुख राजबहादुर शाहीसहित एमालेका सांसदको संख्या २० पुगेको छ। प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.