डोटीमा जीप दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

डोटीमा जीप दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

डोटी : डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनाबाट एक जना घाइते भएका छन्। धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा जाँदै गरेको सु.प.प्र ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान ४ बजे दिपायल सिलगढी नगरपालिका–४ समुहगाड सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

मृत्यु हुनेमा जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका-५ तारानगर घर भएका ५० वर्षीय हुकुम शाह रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

जीपमा सवार २६ वर्षीय देवीकुमारी शाह घाइते भएकी छन्। घाइते देवीकुमारी चालक शाहको आफ्नै भतिनी रहेको खुल्न आएको छ। चालकको उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायलमा बिहान साढे ६ बजेतिर मृत्यु भएको हो भने घाइतेको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.