‌संसद्‍ भवनमा पूर्वप्रधानमन्त्री र शीर्ष नेतासँग सभामुखको छलफल

‌संसद्‍ भवनमा पूर्वप्रधानमन्त्री र शीर्ष नेतासँग सभामुखको छलफल

काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद्‍ भवनमा पूर्वप्रधानमन्त्री र संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको छलफल सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले समसामियक राजनीतिक विषयमा छलफलका लागि पूर्वप्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेतालाई संसद्‍ भवनमा बोलाएका हुन्। 

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो गरिएको थियो। प्रधानमन्त्री केपी ओली छलफलमा उपस्थित भएका छैनन्। छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव,  राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाललगायत नेता सहभागी छन् ।

छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।  

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन्। 

गत जेठ १३ गते उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए। छलफलमा सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.