पाकिस्तानमा तीर्थयात्री चढेको बस पल्टिँदा १९ को मृत्यु, ४८ घाइते

पाकिस्तानमा तीर्थयात्री चढेको बस पल्टिँदा १९ को मृत्यु, ४८ घाइते

इस्लामाबाद: पाकिस्तानमा तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । ४८ जना यात्रु घाइते भएका छन् ।

सिन्ध प्रान्तको डाडु जिल्लास्थित एक धार्मिक स्थलमा दर्शन गर्न गएका यात्रुहरु चढेको बस शुक्रबार साँघुरो घुम्तीमा दुर्घटना भएको बताइएको छ । स्थानीय मिडियाका अनुसार अधिकांश यात्रु बलुचिस्तानमा थिए ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकका अस्पतालमा लगिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा क्षमता भन्दा धेरै यात्रु बोकेकाले बस अनियन्त्रित भइ पल्टिएको बताइएको छ । साथै बसको छतमा समेत यात्रु चढाएकाले बस नियन्त्रित हुन नसकेको हो।

पाकिस्तानका पहाडी क्षेत्रमा हरेक वर्ष यस्ता दुर्घटना हुने गरेका छन् । ट्राफिक नियमको पालना नगर्नु र बिग्रिएका सडकका कारण यस्ता दुर्घटना हुने गरेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.