कोपा अमेरिकाको कानुनी अड्चन हट्यो

कोपा अमेरिकाको कानुनी अड्चन हट्यो

दक्षिण अमेरिकी राष्ट्रको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमै हुने निश्चित भएको छ। ब्राजिलमा प्रतियोगिता आयोजना रोक्न माग गर्दै त्यहाँको सर्वोच्च अदालतमा परेको रिट खारेज गर्दै अदालतले प्रतियोगिता आयोजनाको बाटो खोलिदिएको हो। शुक्रबार ११ न्यायाधीशको पूर्ण इजलासले प्रतियोगिता आयोजनाको बाटो खोलिदिएको हो। 

प्रतियोगिता सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा पनि आयोजनालाई लिएर आशंका गरिँदै आएको थियो। अदालतको यो निर्णयसँगै अर्जेन्टिनाबाट ब्राजिलमा सरेको कोपा अमेरिका निर्धारित मितिमै सुरु हुनेछ। कोपा अमेरिका फुटबलको आयोजना गर्दा कोरोना भाइरसको महामारी निकै बढ्ने र लाखौं मानिसको ज्यान खतरामा पर्ने भन्दै प्रतियोगितामा रोक लगाउनु पर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो। 

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशहरूले कोरोना भाइरसको महामारीको समयमा प्रतियोगिता आयोजनाको जिम्मेवारी लिनु उचित नभए पनि कोपा अमेरिका राष्ट्रको प्रतिष्ठासँग जोडिएकाले रोक्नु पनि उचित नभएको जिकिर गरेका थिए। उनीहरूले ब्राजिलको संविधानले राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषयमा निर्णय गर्ने अधिकार अदालतसँग नभएको दलिल पेस गरेका थिए। सर्वोच्चले कोरोनाका कारण स्वास्थ्य सचेतनासम्बन्धी सबै मापदण्ड अपनाएर मात्रै प्रतियोगिता आयोजना गर्न निर्देशन दिएको छ। अदालतले अन्तिम समयमा प्रतियोगिता आयोजनाको जिम्मा लिने राष्ट्रपति जायर बोल्सोनायरको निर्णय उचित नभएको भन्दै बन्द रंगशालामा प्रतियोगिता आयोजना गर्न भनेको छ। 

प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलको हरेक ४८ घण्टामा कोरोना परीक्षण गर्नुपर्ने र उनीहरू चार्टर्ड विमानमा मात्रै ब्राजिल प्रवेश गर्ने व्यवस्था मिलाउन पनि अदालतले निर्देशन दिएको छ। 

सन् २०२० मै हुनुपर्ने कोपा अमेरिका कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको थियो। प्रतियोगिता आयोजनाको जिम्मेवारी अर्जेन्टिना र कोलम्बियाले लिए पनि अन्तिम समयमा उनीहरूले हात झिकेपछि ब्राजिलले जिम्मेवारी लिएको थियो। ब्राजिलका खेलाडीले पनि कोपा अमेरिका आयोजनाको विपक्षमा मत राखेका थिए। उनीहरूले आफूहरू प्रतियोगिता आयोजनाको विपक्षमा रहे पनि प्रतियोगिता बहिष्कार नगर्ने स्पष्ट पारेका थिए। यसअघि ब्राजिलका सिनेटर रेनन कालहेइरोसले कोपा अमेरिका फुटबललाई मृत्युको महोत्सवको संज्ञा दिँदै ब्राजिलका स्ट्राइकर नेमारलाई प्रतियोगितामा भाग नलिन सुझाव दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.