डोटीका ग्रामीण क्षेत्रमा भयावह बन्दै कोरोना संक्रमण

डोटीका ग्रामीण क्षेत्रमा भयावह बन्दै कोरोना संक्रमण

डोटी : डोटीको आदर्श गाउँपालिका १ को चाँसीगाउँ वडाको एउटा टोल हो । उक्त समुदायका प्रायजसो घरमा कोरोना भाइरसका बिरामी छन्।  कामको सिलसिलामा भारत गएकाहरु संक्रमित भइ महामारीमै घर फर्केपछि संक्रमण गाउँ-गाउँसम्म पुगेको हो।

भारतबाट फर्केकाहरु घरमा सुरक्षित नबस्दा कोरोनाले भयावह अवस्था ल्याएको आदर्श गाउँपालिका स्वास्थ्य इकाइ प्रमुख बमबहादुर खड्का बताउँछन् । उक्त चाँसी टोलमा मात्रै अहिले करिब एक सय बढीमा कोरोना भाइरस देखिएको छ ।

सुरुमा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिँदा सबैले भाइरल ज्वोरो होला भनेर असुरक्षित तरिकाले घरमै बसेकाहरुमा पछि परीक्षण गराउँदा कोरोना देखिएको छ।

स्वास्थ्य प्रमुख खड्काले भने, ‘सुरुमा भाइरल ज्वरो हो भन्दै सामान्य भन्दै असुरक्षित तरिकाले घरमा बस्ने, समुदायका व्यक्तिसँगै कामकाजमा गए, यसले गर्दा अन्य व्यक्तिहरुमा समेत फैलियो।’

सो गाउँमा भाइरल ज्वरो देखिएपछि कोरोना टेष्ट गर्दा ठूलो संख्यामा संक्रमण देखिएको छ। पहिलो पटकमै ८५ जनामा टेष्ट गर्दा ५२ जनामा कोरोना पोजिटिभ देखिएको खड्काले बताए । दोस्रो पटक ७४ जनामा टेष्ट गर्दा ४१ जनामा पोजिटिभ देखिएका थियो । 

उक्त गाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यरत दुईजना स्वास्थ्यकर्मीलाई समेत कोरोना देखिएको छ। लक्षण देखिँदा परिवारबाट अलग र सुरक्षित बस्न छोडेर गाउँका अन्य व्यक्तिसँगै उठबस् गर्ने, सावधानी नअपनाएका कारण गाउँमा भयावहको अवस्था आएको खड्काले बताए । अहिले सो क्षेत्रमा कोरोना चेकजाँचको लागि गाउँपालिकाबाट एक टोली स्वास्थ्यकर्मीनै परिचालित गरिएको बताइएको छ । 

भारतबाट घर फर्केका व्यक्तिले होम आइसोलेसनको उचित ढंगबाट प्रयोग नगर्दा समुदायस्तरमै कोरोना भाइरस फैलिन गएको हो । जिल्लाका अन्य केहि समुदायमा समेत कोभिड टेस्ट गर्दा ठूलो संख्यामा भाइरस संक्रमण भएको पाइएको छ ।

बडीकेदार गाउँपालिका ३ घाङलमा समेत कोरोना फैलिएको छ । एउटै गाउँमा एकै पटक ४९ जनामा कोरोना पोजेटिभ देखिएको बडीकेदार गाउँपालिकाका स्वास्थ्य इकाइ प्रमुख योगेन्द्रबहादुर शाहीले बताए । भारतबाट आएका व्यक्तिका कारण गाउँमा कोरोना संक्रमण फैलिएको शाहीले बताए ।

‘असार मसान्त नजिकिरहेका बेला गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य विभिन्न निर्माणका आयोजनामा सहभागीहरुमा कोरोना संक्रमण हुँदा कोरोना गाउँ पुग्यो,' शाहीले भने, 'भारतबाट आएकाहरु  कैलालीबाट पैदल बाटोहुँदै सिधै घाङल आउने गरेकाले उनीहरुबाटै कोरोना भाइरस फैलिएको हो।

डोटीका अन्य ग्रामीण भेगहरुमा समेत कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएका छन् । केहिदिन अगाडिसम्म जिल्लाका बोगटान फुड्सील गाउँपालिका, शिखर नगरपालिकालगायतका स्थानीय तहमा समेत भाइरल ज्वरोको समस्या देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धब बहादुर ठगुन्नाले बताए ।

संक्रमित व्यक्ति सुरक्षितसँग नबस्दा अन्य व्यक्तिलाई सर्न गएको स्वास्थ्य कार्यालयले जनाएको छ । डोटीमा दोस्रो भेरियन्टको कोरोना भाइरस पछि वैशाखदेखि हालसम्म १३ सय ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आदर्श गाउँपालिकामा १५१ जना, केआईसिंह गाउँपालिकामा १६१ जना, दिपायल सिलगढी नगरपालिकामा ५४१ जना, शिखर नगरपालिकामा ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी बडीकेदार गाउँपालिकामा १२५ जना, जोरायल गाउँपालिकामा ११४ जना, पूर्बीचौकी गाउँपालिकामा ९० जना, बोगटान गाउँपालिकामा ७० जना तथा सायल गाउँपालिकामा २४ जनामा नयाँ भेरियन्टको कोरोना भाइरस आएपश्चात पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो अवस्थामा करिब २४० जना सक्रिय संक्रमित रहेको पाइएको छ । त्यसैगरी जिल्ला बाहिर र भित्र गरी डोटीका १७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.