रातु खोलाको दोहन रोकियो, ठेक्केदारमाथि थालियो कारवाही

रातु खोलाको दोहन रोकियो, ठेक्केदारमाथि थालियो कारवाही

बर्दिबास : महोत्तरीको बर्दिबासस्थित रातु खोलामा ठेक्केदारले मापदण्ड विपरित गरिरहेको दोहन रोकी कारवाही थालिएको छ । खोला उत्खननको बहानामा ठेक्केदारहरुले रातारात वातावरण प्रभाव मुल्यांकन प्रतिवेदनलाई उलंघन गरेपछि बर्दिबास नगरपालिकाले उनीहरु विरुद्ध कारवाही थालेको हो। 

नदीबाट बालुवा, गिट्टी, ढुंगा उत्खनन गर्न नगरपालिकाले तीनवटा निर्माण कम्पनीलाई चार खण्डमा रातु खोलाको उत्खननको ठेक्का लगाएको थियो । खोलाको किनारबाट ५०–५० मिटर छोडेर नदीजन्य पदार्थ उत्खनन गर्ने शर्तमा थियो ।

तर, उत्खननको नाममा ठेक्केदारहरुले १० फिटसम्म खाल्टो खन्दैं खोलामा लगाइएको तट्बन्धलाई ध्वस्त पारेका छन् ।जनताको तट्बन्ध कार्यलयले खोलाको किनारमा लगाएको बाँध बाढीले बगाउदैं गाउँमा खोला पस्ने जोखिम बढेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन विपरीत उत्खनन गरेको पाइएपछि ठेकेदार कम्पनी पञ्चधुरामाई सप्लायर्स बर्दिबास, शिवम् कन्स्ट्रक्सन प्रा. लि जनकपुर र दिव्यासु बिल्डर्स प्रा.लि. जनकपुरलाई उत्खननमा रोक लगाइ कारवाही थालिएको हो ।

‘प्रारम्भिक अनुगमनले खोलाको उत्खनन कार्य त्रुटिपूर्ण एवम् दण्डनीय भएको पाइएको छ । त्यसैले हामीले नदी उत्खननमा रोक लगाएका छौं,’बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले भने,‘खोलाबाट कति घन मिटर नदीजन्य पदार्थ निकाल्नु पर्ने थियो ? कति निकालियो ? सोको ठोस कुरा पत्ता लगाउन ठेक्केदारले उत्खखन गरि राखेको बालुवा, गिट्टी, ढुङ्गाको स्टोकलाई शिल गरेर नापजाँच गर्न उप–समिति गठन गरेका छौ । समितिले ल्याएको रिपोर्टको आधारमा कानुनी कारवाही हुन्छ ।’ रातु खोला उत्खननमा ठेक्केदारलाई निर्देशन दिँदापनि ज्यादती गरेर मापदण्ड उलघंन गरिएको उनले बताए ।

उत्खनन् गरिएको रातु खोला ।तस्बिरः राजकरण महतो

बर्दिबास नगरपालिकाको किसानगर, जुरेटोल, फूलबारी र पथलैया खण्डमा भइरहेको उत्खनन मापदण्डविपरीत बारे गत जेठ १९ गते अन्नपूर्ण पोस्ट्मा  ‘सेटिङ’ मिलाएर खोला दोहन शीर्षकको समाचार प्रकाशित भएको थियो । २३ जेठमा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको टोलीले संयुक्त अनुगमन गरेको थियो ।

बर्दिबास नगरपालिकाको नगर कार्यपालिकाको बैठकले २६ पुष २०७७ मा रातु खोला उत्खननको ठेक्का लगाउने निर्णय गरेको थियो । ७ करोंड ६ लाख ५१ हजार १ सय ९ रुपैंयामा चार खण्डमा रातु खोलाको ठेक्का लिएका थिए । ४ लाख ८६ हजार घनमिटर नदीजन्य पदार्थ मात्रै झिक्न खोला ठेक्का लगाइएको थियो ।तर, ठेक्केदारले त्यसो पाँच गुणा बढी उत्खनन गरेको आँकलन गरिएको छ ।

‘ढुंगा, गिटी, वालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले दिएको अधिकार प्रयोग गरी ठेक्का लगाएका थियौं,’ बर्दिवास नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीले भने,‘सार्वजनिक खरीद ऐन २०६३, सार्वजनिक खरीद नियमावली २०६४ र ई –वीडिङ्ग निर्देशिका बमोजिम खोला उत्खननका लागि ठेक्का लगाएको थियो ।’ तर, त्यो मापदण्डलाई ठेक्केदारले ठाडै उलघंन गरेर खोला उत्खननको नाममा दोहन गरेका छन् ।

खोला दोहन गरेर ठेक्केदारले रँजाई गरेका छन् ।पञ्चधुरामाई सप्लायर्स बर्दिवासले मुल्य अभिवृद्धि कर बाहेक रातु खोलाको किसाननगर र जुरे टोल खण्डको ठेक्का ३ करोंड ४३ लाख ९९ हजार ९सय ९९ रुपैंयामा ठेक्का लिएका थिए । शिवम कन्सट्रक्शन प्रा.ली जनकपुरले १ करोंड ८२ लाख ५१ हजार १ सय ११ रुपैंयामा फुलबारी खण्डको उत्खननको ठेक्का पाएका थिए भने पथलैया खण्डको खोला उत्खननको ठेक्का दिव्यांशु विल्डर्स प्रा. ली जनकपुर १ करोंड ८० लाखमा लिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.