चुरे दोहनले सुक्दैछन् पानीको मुहान

चुरे दोहनले सुक्दैछन् पानीको मुहान

जनकपुरधाम : ‘आजकल नियमित साँझ–बिहान धारामा पानी आउँदैन किन ? टुटी खोल्दा हावा मात्रै आउँछ, मिटर फनफनी घुमेर युनिट उठाउँछ,’ बर्दिबास–३ गौरीडाँडाकी विनीता श्रेष्ठले खानेपानी समितिका अध्यक्ष भोला खड्कालाई प्रश्न गरिन्। ‘मुहान सुकेर पानी कम भइसकेको छ। खुसी हुनुस्,  कम्तीमा साँझ न आए पनि बिहान एक पटक त आउँछ,’ बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खड्काले उनलाई उत्तर दिए।

धारामा नियमित पानी नआएको बारे विनीता श्रेष्ठले मात्रै अध्यक्ष खड्कालाई यो प्रश्न गर्दिनन्। उनी जस्ता महोत्तरीको बर्दिबास नगरपालिका– १, २, ३ र १४ का पाँच हजारभन्दा बढी उपभोक्ताले  गर्छन्। चैत लागेसँगै जेठसम्म धारामा पानी नियमित नआएपछि अध्यक्ष खड्का उपभोक्तालाई उत्तर दिँदै हैरान हुन्छन्। कहिले कार्यालयमा त कहिले फोनमा, कहिले जहाँ भेटियो त्यहीँ। आठ वर्षदेखि हिउँद लागेपछि बर्दिबासमा खानेपानीको अभाव हुन्छ।बर्दिबासका ३०–३५ हजार मानिसले दैनिक उपभोग गर्ने चुरेमा खानेपानीका तीनवटा मुहान छन् । 

जुन चुरेको रातु खोलाको दहमा पर्छ। पानी भण्डारण हुने मुहानभन्दा रातु खोलाको पुल पारि दर्जनभन्दा बढी क्रसर उद्योग छ। उनीहरू चुरेको भावर क्षेत्रमा दोजरले ३० फिटसम्म खनेर बालुवा, गिटी झिक्दा त्यसको असर खानेपानीको मुहानमा परेको छ। ‘खोला दोहनले खानेपानीको मुहान हिउँदमा सुकेर आधा हुन्छ,’ अध्यक्ष खड्का भन्छन्, ‘तलपट्टि खोला खनेर गहिरो भएपछि चुरेमा पानीको स्रोत हराउँदै गएको छ।’ बर्दिबासको मूल सहरी क्षेत्रका वडाहरूमा दैनिक सात लाख लिटर खानेपानीको माग हुन्छ। हिउँद आएपछि उपभोक्ताको माग धान्न खानेपानी समितिकालाई समस्या हुने गरेको अध्यक्ष खड्काले बताए।

बर्र्दिबास सहरीकरण हुँदै गए पनि चार वर्षअघि साढे चार करोड खर्चेर बर्दिबासमा खानेपानीको नयाँ योजना निर्माण गरियो। रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ। अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ। बर्दिबासमा जनसंख्या बढ्दो छ तर पिउने पानीको मुहान घट्दो छ। मुहानको दक्षिणतिर डोजरले गरिने अवैध उत्खननले मुहानलाई स्वाट्टै निलिरहेको छ।

बर्दिबासमा मात्रै खानेपानीको समस्या छैन। यो तराई मधेसको  ३७ जिल्लाको साझा समस्या बन्दै गएको छ। सरकारले खानेपानीका लागि टोलमा इनार, बस्तीमा ओभर हेडट्यांक धमाधम निर्माण गरिरहेको छ भने खेतखेतमा गहिरो बोरिङ गाड्ने बर्दिबाससहितका ठाउँमा लहर नै चलेको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १ करोड ४७ लाख ४८ हजार ६ सय ७२ नागरिक चुरेको जलभण्डारमा निर्भर छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.