केही सहज बनाउँदै एकसाता थपियो स्याङ्जामा निषेधाज्ञा

केही सहज बनाउँदै एकसाता थपियो स्याङ्जामा निषेधाज्ञा

स्याङजा : स्याङ्जामा आउँदो असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ। आवश्यक सामग्री खरिद बिक्रीका लागि दैनिक २ घण्टा लम्ब्याउँदै पुन: निषेधाज्ञा

थप गरिएको हो। स्याङ्जामा कोरोना संक्रमण बढ्ने दर कायमै रहेको जनाउँदै निषेधाज्ञाको समय थप गरिएको हो।

स्याङजामा शनिबार ६१ जनामा र आइतबार पनि ४५ जनामा कोरोनाका संक्रमित पुष्टि भएका छन्। जेठ मसान्तसम्मका लागि गरिएको निषेधाज्ञालाई सोमबारदेखि

एक साता पुनः लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए।

यसअघि वैशाख २१ देखि जारी निषेधाज्ञा चौथो पटकसम्म निरन्तर निषेधाज्ञा थप गरिँदै गएको हो। निषेधाज्ञाको अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग तथा वित्तीय स्थाहरुले कार्यालयमा मात्रै स्वास्थ्य मापदण्ड
अपनाएर सेवा सुचारु गर्न सकिने भएको छ। 

खाद्यसामाग्री खरिद बिक्रीका लागि बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्ला राखिने निर्णय भएको छ। यसअघि ९ बजेसम्म मात्र थियो। औषधिजन्य सामग्री र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन समेत प्रशासनको आग्रह छ। मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जनाभन्दा बढी सहभागी हुन
पाइने छैन। 

सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ। बैंक, वित्तिय, संस्था र कामदार तथा सुपरभाइजरले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर आयोजना
निर्माण गर्न सकिने भएको छ।   

कोरोनाका कारण ९३ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय २९ जना संक्रमित छन। अहिलेसम्म १ हजार ८ सय ८६ जनाले कोरोना जितेका छन्। जिल्लामा
पहिलो मात्राको खोप १७ हजार ७ सय ९९ ले लगाएका थिए भने दोश्रो मात्राको खोप ४ हजार एक सय ९६ जनालाई लगाइएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको
छ। 

निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.