पैदलयात्रीलाई घाइते बनाएर फरार मोटरसाइकल चालक पक्राउ

पैदलयात्रीलाई घाइते बनाएर फरार मोटरसाइकल चालक पक्राउ

गुलरिया: मोटरसाइकल दुर्घटना गरी पैदलयात्रीलाई घाइते बनाएर फरार रहेका एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ९ माछागढस्थित सडकखण्डमा सोमवार पैदलयात्रीलाई ठक्कर दिइ गम्भीर घाइते बनाएर मोटरसाइकल सहित फरार रहेका ककौरा निवासी ३६ वर्षीय रामभरोसे थारुलाई भे ३ प १२५४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

मोटरसाइकल र्दुघटना गरी फरार रहेका व्यक्तिलाई लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बाँसगढीको टोलीले शनिवार पक्राउ गरी बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

थारुले चलाएको मोटरसाइकलबाट ठक्कर दिइ घाइते बाँसगढी नगरपालिका वेलौरी निवासी प्रेमी थारुको नेपालगञ्ज मेडीकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा बुधवार मृत्यु भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकोले अपराधमा संलग्न व्यक्तिलाई कारवाही गरिने एसपी कार्कीले जानकारी दिए । घटना स्थल प्रहरी चौकी नभएको स्थानमा रहेकाले लामो अनुसन्धानपछि दुर्घटना गरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.