चीनको आरोप: हाम्रो सैन्य क्षमताको विकासलाई नेटोले बदनाम गरिदियो

चीनको आरोप: हाम्रो सैन्य क्षमताको विकासलाई नेटोले बदनाम गरिदियो

बेइजिङ: चिनियाँ अधिकारीले आफ्नो सैन्य क्षमताको शान्तिपूर्ण विकासलाई नेटोले बदनाम गरिदिएको आरोप लगाएका छन् ।

नेटो यूरोप र उत्तर अमेरिकी ३० शक्तिशाली देशहरुको राजनीतिक र सैन्य गठबन्धन हो । ब्रसेल्समा नेटो सम्मेलनपछि नेताहरुले चीनको सैन्य तथा परमाणु क्षमता विस्तार चुनौतिपूर्ण रहेको भन्दै चेतावनी दिएका थिए।

चीनको गतिविधिमाथि नेटोले गरेको टिप्पणीलाई लिएर जवाफ स्वरुप चीनले उसलाई आफ्नो उर्जा संवादका लागि खर्चिन सुझाव दिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार चीनको रक्षा नीति आत्मरक्षाको प्रयोजनमा केन्द्रित छ ।

चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै नेटोका अधिकारीहरुले चीनको गतिविधिमाथि टिप्पणी गरेका थिए । नेटोका जेन्स स्टोल्टेनबर्गले चिनियाँ गतिविधिको विरोध गर्दै चीनलाई चेतावनी समेत दिएका थिए ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि नेटोको कोषको स्रोत र संगठनको उद्देश्यलाई लिएर विवाद उत्पन्न भएको थियो । ट्रम्पले अमेरिकाले अन्य देशको सुरक्षाका लागि पनि खर्च गर्नुपरेको भन्दै सबै देशले स्वामित्व लिनुपर्ने भनेपछि विवाद लम्बिएको थियो ।

ट्रम्पको कार्यकालपछि पनि यसबारे विवाद समाधान भएको छैन । जो बाइडेनले भने अमेरिकी स्वार्थका लागि नेटो रणनीतिक रुपमा महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि नेटोको पहिलो बैठकमा सामेल भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.