चेपाङको घरमा अन्‍नको छाक : भन्छन्, ‘पलायो बाँच्ने आश’

चेपाङको घरमा अन्‍नको छाक : भन्छन्, ‘पलायो बाँच्ने आश’

चितवन : पाँच महिनतादेखि गिट्ठा र भयाकुरको भरमा छाक टार्दै आएका कुनाराम अहिले दंग छन्। घरमा अन्नको गेडो नभएपछि जंगलबाट गिट्ठा भ्याकुर ल्याएर परिवारको छाक टार्नुपर्ने बाध्यता उनलाई छैन। त्यसैले त उनको अनुहार हँसिलो छ। चामल, तेल, नुनसहितको खाद्य सामग्री बोकेर उकालो लागे। एउटा हातमा ६ महिनाको काखे बालक बोक्दै अर्को हातमा राहतको पोका समाएकी उनकी श्रीमती पनि खुसी हुँदै घर लागिन् । पाखो बारीमा लगाएको मकै असोज नलागेसम्म घरमा भित्रिदैन। छाक टार्न धौ धौ परेको बेला पाएको राहतले कुनारामको खुसीको सिमा थिएन। 

‘पाँच महिनादेखि गिट्ठा भ्याकुर खाएर बसेको मान्छे अब चामलको भात खान पाउने भयौँ’, उनले खुसी हुँदै भने, ‘अब त बाँच्ने आश पलायो, खुसी लागेको छ।’ कुनारामको घरमा केही दिन यता खान्की फेरिएको छ। दुई छाक नै चामलको खाना पाकेको छ। 

कुनारामको जस्तै अभाव भोगेका गाउँका अन्य घरमा पनि खुसी थिएन। चेपाङहरु राहत पाएको चामल बोकेर उकालो लागे। गत जेठ २७ गते अन्नपूर्ण पोस्ट्मा कुनारामको समाचार छापिएको थियो। समाचारका कारणले गाउँमा सहयोग उपलब्ध भएको हो। पाएको राहतले अबको एक महिना धानिन्छ। लकडाउनको प्रभावमा परेका मजदुरी गर्न नपाएका चेपाङका लागि अन्नपूर्णमा प्रकाशित समाचारले सहयोग जुटेको हो। देउजरका अर्जेल चेपाङले  ढुक्कको सास फेरेको बताए। 

सिद्धिको बन्दिपुरे टोलका कुनाराम चेपाङलाई राहत दिँदै नेपाल हेल्पका कृष्ण ढकालसहितका प्रतिनिधि । तस्बिर : अनिल ढकाल 

‘गिट्ठा र भ्याकुर खाँदा जिब्रो बाक्लो भएको थियो’, उनले भने, ‘अब केही स्वाद फेर्न पाउने भयौँ, गाँउ नै खुसी भएको छ।’ आइतवार काठमाडौंस्थित ‘नेपाल हेल्प’  नामक संस्थाले सिद्धिका करिब दुई सय घरधुरीलाई राहत बाढ्यो। प्रत्येक परिवारलाई दुई हजार ६ सय रुपैयाँ बराबरको राहत पाए। करिब साढे पाँच लाख बराबरको सहयोग वितरण गरिएको थियो। संस्थाका निर्देशक कृष्ण ढकालले समाचारले गरिबिको पिडाको जानकारी गराएपछि आफुहरुले सहयोग गरेको बताए।

पाएको राहतले अबको डेढ महिना उनको छाक टार्ने भएको छ। त्यसपछि चिउरी, आँप खाने बेला हुन्छ। अहिले चेपाङहरु अनिकाल टरेको बताउँछन्। 

सामाचारको पढेपछि सौराहाका होटल व्यवसायी शिरलाल परियारले प्रभावले सिद्धिको भामवाङ, छेरवाङ, सुन्दराङ, आहाल डाँडा, पूर्वेली टोल,  एक सय तीस परिवारलाई राहतको व्यवस्था गरे। प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो। छेरवाङमा खाद्यान्न वितरण कार्यक्रममा सहभागी भएका भामवाङका ६६ वर्षीय  बलबहादुर चेपाङले एक महिनालाई खाद्यान्नको पिरलो हटेको बताए। 

ग्रिन सोसाइटी नेपालको संयोजनमा करिब २ लाख ७० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो। समाचारकै कारण नारायणगढको ‘चितवन राउण्ड टेबलले पनि राहत वितरण गरेको थियो। परियोजना संयोजक रेस्सल श्रेष्ठले युवाहरुको सहभागितामा ३५ परिवारलाई राहत बाढेको बताए। 

समाचारको प्रभावले करिब साँढे आठ लाख रुपैयाँको सहयोग जुटेको छ। समाचारको प्रभावले करिब चार सय परिवारले राहत पाएका छन्। सहयोग आउनेक्रम जारी छ। 

कालिका नगरपालिकाको छेरवाङमा राहत वितरण गर्दै ग्रिन सोसाइटी नेपालका संयोजक शिरलाल परियार सहितको टोली  । तस्बिर : अनिल ढकाल   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.