डुबानले स्याङ्जा सेतीवेणीका ३५ घर उच्च जोखिममा
स्याङजा: गत रातिदेखि परेको भारी वर्षाका कारण गल्याङ नगरपालिका ५ स्थित सेतीवेणी बजार डुवानमा परेको छ। डुवानसँगै स्याङ्जातर्फका ३५ घर उच्च जोखिममा परेका छन्।
बजारसँगै रहेको विश्वकै ठूलो मानिएको शिला शालिग्राम आधाभन्दा बढी डुवानमा परेको छ। स्याङ्जा, पर्वत र गुल्मीको स्थलमा रहेको स्याङ्जाको गल्याङ नगरपालिका ५ स्थित सतीवेणीका झण्डै ३५ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष बिष्णुबहादुर क्षेत्री बस्यालले जानकारी दिए।
मुलुककै ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको बाँधका कारण वर्षातका समयमा सधैँजसो सेतीवेणी प्रभावित हुने गर्दछ।
सेतीवणी स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको पुरानो ब्यापारिक केन्द्र हो । तर, अहिले गाउँगाउँमा सडक सञ्जाल बिस्तार भएसँगै यो बजार केही छायाँमा परेको छ।
तर, विश्वकै ठूलो शिला शालीग्रामको दर्शन, जलयात्रा (स्टिमर) सेवा सञ्चालन र कालीगण्डकी नदीको स्नानका कारण बर्षेनी हजारौँ हिन्दुधर्मालम्बीहरु दर्जनका लागि र अवलोकनका लागि पनि यहाँ आउने गर्दछन्।