डोटीको रौवामा पहिरो : एक जनाको मृत्यु, दुई किशोरी घाइते
डोटी : चार दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परेर डोटीमा एक जनाको मृत्यु भएको छ । बुधबार बिहानै गएको पहिरोमा परेर दुई जना घाइते भएका छन् ।
जिल्लाको केआईसिंह गाउँपालिका- ३ बासुदेवीको रौवा भन्ने स्थानमा पहिरो गएको हो । खानेपानी बनाउन गएका बेला माथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको केआईसिंह गाउँपालिकाका कर्मचारी डम्बर भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा देउकाँडाका ६५ वर्षिय खडकबहादुर बम रहेका छन् । बमसँगै गएका बासुदेवीको झिंगाबस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पुजा कुँवर घाइते भएका हुन् । घाइतेको हात र टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।
घाइतेहरुको उपचारका लागि अस्पताल लैजाने काम भइरहेको गाउँपालिकाकाले जनाएको छ ।