जोखिममा बस्ती

जोखिममा बस्ती

 जोमसोम : मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको ७६ किलोमिटर बेनी—जोमसोम सडक अवरुद्ध भएको छ। मंगलबार बिहानदेखि बाढी—पहिरो र नदी कटानले बेनी—जोमसोम सडकको आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको हो।

अविरल वर्षाका कारण सोमबार रातिको बाढीले बेनी—जोमसोम सडकको मुस्ताङ खण्डको घरपझोङ —२ मार्फा खोलाको बहाव उच्च हुँदा त्यहाँको सडक संरचना पूर्ण रूपमा क्षति पुगेको छ। त्यसैगरी त्यहाँ राखिएको पैदलयात्री र मोटरसाइकल आवतजावत गर्ने अस्थायी पुलसमेत बगाएको छ। बेनी—जोमसोम सडकको मुस्ताङखण्डमा पर्ने थासाङ गाउँपालिका—४ कैकु खोला, लेते खोला र मिसी खोलालगायतमा गए रातिको बाढीले सडक ध्वस्त भएको छ। यस्तै बेनी—जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको काभ्रे भीर सडकमा पहिरो जाँदा अन्दाजी २० मिटर सडक भासिन पुगेको छ।

बाढी—पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध भएपछि बेनी—जोमसोम सडकको सिधा यातायात सम्पर्क विच्छेद बनेको छ। सडक अवरुद्ध भएसँगै म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दीतिर जाने मालवाहक सवारीसाधन गन्तव्यमा पुग्न नसकी बीच बाटोमै अलपत्र परेका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले अविरल वर्षाका कारण आएको बाढी—पहिरोले बेनी—जोमसोम सडकखण्डको दर्जनौ स्थानमा सडक अवरुद्ध भएको बताइन्।

कमजोर भौगोलिक भू–वनोट रहेको मुस्ताङको लेतेदेखि तल म्याग्दीतर्फको सडकमा बर्सेनि अविरल वर्षाले सडक अवरुद्ध हुने गर्छ। अविरल वर्षाका कारण मुस्ताङका अन्य शाखा नदीको बहावसमेत उच्च भएको छ भने कालीगण्डकी नदीको सतहसमेत डरलाग्दो बनेको छ।

 यस्तै, मुस्ताङको घरपझोङ—४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र—१ को बीचमा पर्ने लुप्रा—पान्डाखोला सोमबार दिउँसो १ घण्टा खोला थुनिएको थियो। खोला थुनिएसँगै आएको उर्लँदो बाढीले लुप्रा बस्ती उच्च जोखिममा परेको प्रजिअ पौडेलले बताइन्। उनका अनुसार बाढीले स्थानीयको खेतसमेत बगाएको छ भने बस्ती संरक्षणका लागि गत वर्ष लगाइएको तटबन्धसमेत बाढीले पुरेको छ। बाढीग्रस्त क्षेत्र लुप्रामा १५ घरधुरीमध्ये ५ घरधुरी अहिले उच्च जोखिममा रहेकाले अन्यत्र स्थान्तरण गरिएको छ।

बस्ती संरक्षणका लागि संघ तथा प्रदेश सरकारले बस्ती संरक्षण तटबन्ध दिगो नहुँदा लुप्रावासीले बर्खायाममा जोखिम मोलर बस्नुपर्ने बाध्यता छ। लुप्राका स्थानीयले लुप्रा बस्तीलाई उचित स्थानमा स्थान्तरण गर्नुपर्ने मागसमेत राखेका छन्। उक्त मुस्ताङको सदियौं पुरानो बस्ती हो। अन्नपूर्ण पदमार्ग हुँदै जोमसोम आउने विदेशी पर्यटक मुक्तिनाथबाट लुप्रा हुँदै जोमसोम आइपुग्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.