भीरकोटमा जीप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

भीरकोटमा जीप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

स्याङ्जा : भीरकोट नगरपालिका- ४ मा बुधवार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भीरकोटको दर्बुङठाँटीस्थित भित्री कच्ची सडकमा जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बानेथोकबाट बयरघारी बजारकालागि गुडेको ग १ ज ४९४० नम्बरको महिन्द्रा जीप दुर्घटना भएको हो।  

दुर्घटनामा घाइते भएका ३६ वर्षीय गणेशजंग अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा चालक मनु भन्ने विकास थापा, रेशम परियार, प्रतिमा परियार,रुकबहादुर परियार, सोनी श्रेष्ठ र दिनेश परियार घाइते भएका हुन्। 
उनीहरुमध्ये रेशम परियार र सोनी श्रेष्ठको भीरकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अन्य ४ घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। 

लगातार बर्षाका कारण कच्ची सडक हिलो र चिप्लो भएका छन्। जीप सडकभन्दा अन्दाजी ५ मिटर तल झरेको र यसका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.