पुल बगाउँदा पोखरा र कावासोतीको सम्पर्क टुट्यो

पुल बगाउँदा पोखरा र कावासोतीको सम्पर्क टुट्यो

नवलपुर : पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिकामा रहेका दुई वटा पक्की पुल बाढीले बगाउँदा स्थानीयहरुको बजारसम्मको सिधा सम्पर्क टुटेको छ । तीन दिनदेखि परेको अबिरल वर्षापछि आएको बाढीले बौदीकाली गाउँपालिका–१ मा निर्माणाधिन पक्की पुल बगाएको छ । 

त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा वडा नं १ मा पुल निर्माण भइरहेको थियो । पुलको काम अन्तिम चरणमा थियो । ढलानको काम मात्र बाँकी रहेका बेला बाढीले पुल बगाएको प्रमुख सुवेदीले बताए ।
स्थानीयहरुलाई सहजरुपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो । पुल बगाएपछि स्थानीयको सदरमुकामसँगको सिंधा सम्पर्क टुटेको छ ।

अब स्थानीयहरु सदरमुकाम पुग्न ४५ कि.मि.को पहाडी बाटो हुँदै जानुपर्ने बाध्यता छ । सदरमुकामसँगै राजमार्ग पुग्न १ दिन लाग्ने भएपछि सबैभन्दा बढी बिरामीहरुको उपचारमा समस्या आएको सुवेदीले बताए । 
त्यसैगरी गाउँपालिकाको वडा नं.२ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ । यो पुल हुँदै स्थानीयहरु भिमाद निस्केर पोखरा पुग्ने गरेका थिए । पुल बगाएपछि प्रदेश राजधानी पोखराको सिंधा सम्पर्क पनि टुटेको गाउँपालिकाले जनाएको छ ।  भिमाद पुग्न पनि स्थानीयले अब १ दिन पैदल लगाएर हिड्नु पर्ने बाध्यता छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.