४० बढी गाउँ जोखिममा

४० बढी गाउँ जोखिममा

परासी : गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ। पानीको सतह खतरामाथि पुगेपछि पश्चिम नवलपरासीका दक्षिणी गाउँ जोखिममा परेका छन्। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ। पानीको सतह बढेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ।

 ब्यारेजको क्षमता ८ लाख क्युसेकको हो। तर जीर्ण भएका कारण अहिले ब्यारेजले ५ लाख क्युसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले जानकारी दिए। ४ लाखभन्दा बढी पानीको सतह पुगेपछि खतरा मानिन्छ। बुधबार अबेरसम्म ब्यारेजमा ४ लाख १२ हजार क्युसेक पानी रहेको छ। पानीको सतह बढ्दै गएपछि ब्यारेजको ‘बि ग्याँब बाँध’ फुट्ने खतरामा पुगेको छ।

बाँध फुटेमा दक्षिण भेगका प्रतापपुर, सुस्ता र पाल्हीनन्दनका करिब ४० भन्दा बढी गाउँ डुबानमा पर्ने भूआर्जन कार्यालयले जनाएको छ। यसैबीच, पानीको सतह खतरामाथि गएपछि जिल्ला प्रशासन कार्यालयले सजगता अपनाउन स्थानीयलाई आग्रह गरेको छ। सम्भावित जोखिममा पर्ने स्थानीयको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरूलाई सामग्रीसहित तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए। 

‘बाढीले क्षति पुर्‍याउन लागेको खबर पाउनासाथ १० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्ने गरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको छ। उनीहरू आवश्यक सामग्रीसहित उक्त स्थानमा जानेछन् र उद्धारमा खटिनेछन्’, प्रजिअ मिश्रले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.