विदेश जाने नागरिकलाई खोप पासपोर्ट उपलब्ध गराउँदै जापान
टोकियो: जापान सरकारले विदेश भ्रमणमा जाने आफ्ना नागरिकलाई खोप पासपोर्टको व्यवस्था गर्ने घोषणा गरेको छ ।
अर्को महिनादेखि यस्तो व्यवस्था गर्ने कुरा बिहीबार जनाएको हो । विश्वभर पर्यटन र व्यवसायीक भ्रमण खुलाउन लागिरहँदा जापानले यस्तो तयारी गरेको हो ।
"विदेश भ्रमण गर्न चाहने नागरिकलाई हामी खोपको प्रमाणपत्र जारी गराउने तयारी गरेका छौँ," सरकारका प्रवक्ता कात्सुनोबु कातोले बताए । प्रमाणपत्र डिजिटल प्रणालीको नभएर कागजमा आधारित हुनेछ । जुन अर्को महिनादेखि स्थानीय सरकारले नै जारी गर्ने उनले बताए ।
यूरोपियन यूनियनले भने यही समर सिजनलाई लक्षित गर्दै डिजिटल खोप पासपोर्टको तयारी गरेको छ । जसले गर्दा अत्यावश्यक भ्रमणका लागि यात्रा गर्नेहरुका लागि उपयोगी हुनेछ । साथै ईयूका मुलुकहरुमा राष्ट्रिय स्तरमा प्रमाणपत्र उपलब्ध गराउने योजना रहेको बताइएको छ ।
ईयूले तयार पार्ने प्रमाणपत्रमा कुनै व्यक्तिले खोप लगाएको छ वा कोभिड संक्रमण, नेगेटिभ र निको भइसकेको जस्ता जानकारी उल्लेख हुन्छ । गत महिना अमेरिकाले विदेश जान चाहने खोप लगाएका अमेरिकी नागरिकका लागि यो कार्यक्रम विशेष दस्तावेजीकरण भएको प्रतिक्रिया दिएको थियो ।
यद्यपि यस्तो उपाय कतिपय ठाउँमा विवादित समेत बनेको छ । कन्जरभेटिभ पार्टीका राज्य फ्लोरिडा र टेक्ससले खोप लगाएर विदेश भ्रमण गर्ने यस्तो उपायलाई विरोध गरेका छन् । मानिसको आधारभूत अधिकार हनन हुने उनीहरुको तर्क छ ।
अन्य देशको तुलनामा जापानमा खोप अभियान ढिला सुरु भएको थियो । तर पछिल्ला सातामा यो कार्यक्रम तिब्र रुपमा बढेको छ । जापान सरकराले हालसम्म ६ प्रतिशत नागरिकलाई मात्रै खोप वितरण गरेको छ ।
तर जापानले विदेशीको भ्रमणका लागि लगभग सबै सीमा बन्द गरेको छ । तर जुलाइमा टोकियोमा हुने ओलम्पिकका लागि भने जापानले नियमहरु खुकुलो बनाउने बुझिएको छ।