पाटनमा बेपत्ताको हवाई उद्धारका लागि अनुरोध

पाटनमा बेपत्ताको हवाई उद्धारका लागि अनुरोध

जाजरकोट : जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा गोठालो गएको बेला हावाहुरी चलेर बेपत्ता भएका सात जनाको हवाई उद्धार गर्न सरकारसँग अनुरोध गरिएको छ। 

घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाउँपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जनामध्ये सातजना बेपत्ता भएको र प्रतिकुल मौसमका कारण स्थल मार्गबाट खोजी गर्न कठिनाई भएपछि स्थानीय प्रशासनले उद्धारका लागि नेपाल सरकार गृह मन्त्रालयमा अनुरोध गरेको छ। 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बेपत्ताको खोजीको लागि गएका स्थानीय बासिन्दा र प्रहरी घटनास्थल भन्दा तलको ओडारसम्म पुग्दा लेक लाग्नुका साथै चिसोले कठ्याङ्गिएर घटनास्थलसम्म पुग्न नसकेको र अन्य उद्धारका लागि बैकल्पिक माध्याम नभएकोले हवाई उद्धारको ब्यवस्था मिलाई दिन आग्रह गरेका छन्।

हावाहुरीसहितको पानी पर्न थालेपछि चार जना भागेर ज्यान जोगाएका छन् भने अन्य सात जना चार दिनदेखि सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाका अनुसार बेपत्ता हुनेमा कुशे गाउँपालिका ८ औलरिजाका  ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भीमबहादुर खड्का, १७ वर्षीय धनसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका छन्। 

हावाहुरीकै बीच भागेर चार दिनपछि बिहीवार घर फर्किएका कुशे ९ पैकका भक्तबहादुर रोकायले पशुवस्तु लिएर पाटन पुगेको बेला एक्कासी आएको हावाहुरी सहितको बर्षातले सँगै गएका सात जना हराएको बताएका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.