सीमा सुरक्षामा त्रिपालकै भर

सीमा सुरक्षामा त्रिपालकै भर

गुलरिया : कोभिड महामारीका बेला सिमानामा हुने अवैध मानवीय आवतजावत रोक्न खटिएका सशस्त्र प्रहरीहरू त्रिपालकै भरमा सीमा सुरक्षा गर्न बाध्यछन्। वर्षाद्को मौसम नजिकिँदै गर्दा हिलो, हावाहुरी, सर्पलगायत हिंस्रक वन्यजन्तुसँग सामना गर्दै सीमा रक्षकहरू त्रिपालकै जोखिमकाबीच सेवा दिइरहेका छन्।

बर्दियाको ८३ किलोमिटर सिमाना क्षेत्र खुला छ। खुला सिमाना भएकै कारण सीमा सिल नभएको अवस्थामा मानवीय ओहोरदोहोर अत्यधिक हुने गर्छ। सीमावर्ती स्थानीय किनमेल, औषधि उपचारलगायत पारिवारिक सम्बन्धका कारण आवतजावत गर्ने गर्छन्। कोभिड नियन्त्रणलाई लक्षित गर्दै सीमा सिल गरिएका कारण मानवीय ओहोरदोहोर हुन छाडेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए।

‘बर्दियातर्फको सीमावर्ती क्षेत्रमा जमुनी, कण्ठपुर, कट्टी, कालाबञ्जर, धर्मबस्ती, भग्रैया, धनौरा, राजापुरमा गरी ८ वटा स्थायी बीओपीमार्फत सुरक्षा दिँदै आएका छौं’, उनले भने।अस्थायी रूपमा ७ वटा फरवार्ड बेस व्यवस्थित रूपमा सञ्चालनमा छन्। ६ वटा अस्थायीपोस्टहरूत्रिपालको भरमा छन्। एउटा हाइपोस्ट खडा गरिएको छ।पहिलो चरणमा ८ वटा बीओपी स्थापना भइसकेको छ। दोस्रो चरणमा बीओपी राख्नको लागि स्वीकृत भइसकेको छ तर संख्या यकिन भएको छैन। सिमानामा २९ वटा बीओपी आवश्यक पर्ने भएकाले सोही अनुरूप माग गरिएको उनले बताए।

केही अस्थायी पोस्टहरू त्रिपालमा चलाउनु परेको छ। त्यस्ता पोस्ट भएका एरियाहरू जंगल क्षेत्रमा पर्ने भएकाले पनि समस्या परेको हो। एसपी रावतले थपे, ‘पानी, हावाहुरीको समस्या त छँदैछ। सर्प, हात्ती, बाघलगायतका जंगली जनावरहरूले पनि सुरक्षाकर्मीलाई त्रास दिइरहेका हुन्छन्। हामीले त्रिपाल पटकपटक फेर्छांै हावाहुरीले च्यातिदिन्छ। च्यातिएका त्रिपालहरू पानीपर्दा चुहिन्छन्। त्रिपाल त त्रिपालै हो। जति फेरेपनि उस्तै। तर पक्की पोस्ट भइदिए सुरक्षाकर्मी अन्य समस्या र त्रासबाट मुक्त हुनेथिए।’

जंगल क्षेत्रका सिमानामा ड्युटी दिने सशस्त्र प्रहरीका लागि फलामको बिट बनाए सुरक्षित हुने सीमावर्ती श्रीमथुरा हरिद्वार आधारभूत विद्यालय मद्राजपुरका प्रधानाध्यापक सुदन घिमिरेले बताए। सीमा सुरक्षामा त्रिपालमा खटिएका सुरक्षाकर्मीलाई बस्न मिल्ने बेन्चहरूसहित सुरक्षित ओतिने ठाउँ आवश्यक छ। वर्षाद्को समय भएकाले जंगल नजिकै रहेका पोस्टहरूमा बाढीलगायत वन्यजन्तुको चुनौती पनि उत्तिकै छ। त्रिपालहरू विस्थापितगर्दै सुरक्षित पोस्ट बनाउन सबैले पहल गर्नुपर्ने प्रअ घिमिरेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.