आँधीखोलाको नीति तथा कार्यक्रम, स्वास्थ्य र पर्यटकीय क्षेत्र प्राथमिकतामा

आँधीखोलाको नीति तथा कार्यक्रम, स्वास्थ्य र पर्यटकीय क्षेत्र प्राथमिकतामा

स्याङ्जा : आँधीखोला गाउँपालिकाले आफ्नै पालिकाअन्तरगत पर्ने अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ संचालन गर्ने भएको छ। 

स्याङजाको पहिचान बोकेको धार्मिक एवं पर्यटकीय स्थल अन्धाअन्धी दह एवं श्रवणकुमारलाई विश्वभर चिनाउने उदेश्यले चालु आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमभित्र पारेको हो। 

गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले नवौ गाउँसभाबाट चालु वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दिर्घकालिन तथा अल्पकालिन विकास योजनाका बारेमा नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी गराए।

स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रविधि र पर्यटनलाई जोड दिएको छ । यसैगरी, सिरुवारी – गोरुजुरे – अन्धाअन्धी – श्रवणकुमार – पंचासे पर्यटन मार्ग बनाउने, सेतीदोभान - साधना गार्डेन पदमार्ग र टावर निर्माण, डहरे लेकमा जंगल पार्क बनाइने जस्ता योजनालाई समावेश गरिएका छन्। सिरुवारी होमस्टेको संस्थागत संरचनाको निर्माण गरिने भएको छ ।

कार्यक्रममा कृषि तथा फलफूल उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम संचालन गर्ने भनिएको छ । भूमि बैङ्क र चक्लाबन्दीलाई प्रोत्साहन गर्ने, एक गाउ एक पकेट क्षेत्र, कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिने जस्ता कार्यक्रम छन् । 

सबै जातजातिका, भेषभुषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण, सबै वडा कार्यालयमा इन्टरनेटको ब्यवस्था, २ वटा वडा बालमैत्री बनाईने, पालिकाबासीलाई एक घर एक धारा अनुरुप सर्वसुलभ र स्वच्छ खानेपानी, गाउपालिकाको १० शैयाको अस्पतालको स्तरोन्नी, योग ध्यान केन्द्र निर्माण, उपचार सहायता राहत कोषको स्थापना, किशोर किशोरीमैत्री सूचना केन्द्र, हाम्रो  विद्यालय राम्रो विद्यालय, जोखिमयुक्त बस्ती पहिचान सहित स्थानान्तरण, वातावरणमैत्री स्थानीय शासनमा जोड दिइएको छ। 

नीति तथा कार्यक्रम अन्तर्गत उत्पादनसँग विद्यार्थी विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अनिवार्य रुपमा खोपको व्यवस्था,  जेष्ठ नागरिकको सेवालाई स्वास्थ्य प्रबर्द्धन गर्दै जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक कार्यक्रम, जेष्ठ नागरिक पोषण कार्यक्रम, पनि समावेश छन। 

लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि आवश्यक व्यवस्था गरिने, खेल मैदान निमार्ण, गाउँपालिकाको केन्द्रबाट वडा केन्द्रसम्म पुग्ने सडकलाई स्तरोन्नत्तिसहित कालोपत्रे गरिने, सडक एवं पूर्वाधारतर्फ ४० प्रतिशत स्टक्चरको काम गर्ने उल्लेख छ।

सेतीदोभान र शिरुवारी जोड्ने आँधीखोलामा निर्माणाधीन पुल निर्माण, बहुउद्देश्यीय सभा हल व्यापारिक तथा सपिङ कम्प्लेक्स जस्ता गाउँपालिकाका गौरब आयोजनाका कामलाई सम्पन्न गरी संचालन गर्ने व्यवस्था मिलाइने, सौर्य ऊर्जाका साथ आँधीखोला उज्यालो अभियान सञ्चालन गर्न प्रयत्न गरिने उल्लेख छ ।पालिकाले गत वर्षभरी गरेका कामका बारेमा समीक्षा गदै चालु वर्ष संचालन गर्नेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

पालिकाले १३ वटा ऐन पारित गरेको, कोभिडको माहामारीमा परेका नागरिकको स्वास्थ्य उपचारका लागि अक्सिजनसहितको स्वास्थ्य उपचार र आवश्यकता अनुरुपको स्वास्थ्य परीक्षण गरेको, न्यायिक समितिमा परेका १७ वटा उजुरीमध्ये १६ वटाका समस्या समाधान गरेको, राजश्व संकलनमा ९४ प्रतिशत सफलता मिलेको, पालिकामा संचालित आयोजनामा ८५ प्रतिशत भौतिक तथा ६२ प्रतिशत बित्तिय प्रगती भएको, ९८ प्रतिशतलाई खानेपानीको सुबिधा, ७० हेक्टरमा सिंचाइ सुविधा, गतवर्ष २६ किलोमीटर कालेपत्रे सडक निर्माणपछि अहिले पालिकाभित्र  ३० दशमलब ४ किलोमीटर पक्की सडक बनेको अध्यक्ष पौडेलले जानकारी गराए ।

पालिकाले ५० प्रतिशत अनुदानमा टनेल, हाते ट्याक्टर उपलब्ध गराउनुका साथै, निशुल्क बिउ विजन, मल, कागतीका विरुवा उपलब्ध गराएको छ । पर्यावरण जोगाउन ५२ हजार माछाका भुरा, विद्यार्थीलाई एभोकाडो कार्यक्रमसहित १६ हजार बिरुवा रोपण, ९ हजार किलो वर्षे आलुको बीउ सामुहिकरुपमा वितरणलगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेको थियो ।              
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.