बर्दियामा फेला परेका ५ वर्षीय बालकको अभिभावक खोजिँदै

बर्दियामा फेला परेका ५ वर्षीय बालकको अभिभावक खोजिँदै

गुलरिया : शनिबार दिउँसो २ बजे बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका ८ मा फेला परेका एक ५ वर्षीय बालकको अभिभावकको खोजी भइरहेको छ । प्रहरीले फेला पारेको ती बालक हाल गुलरिया नगरपालिकाको सेवा केन्द्रमा आश्रय लिइरहेका छन् ।

प्रहरी टोलीले फेला पारेको बालकलाई सेवा केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । उनले भने,' हामीले मातहतका प्रहरी ईकाई तथा चौकीहरुमा अभिभावकको खोजीका लागि खबर सर्कुलर गरेका छौं । अझै बालकको अभिभावक पत्ता लागेको छैन ।'

अनुप गुरुङ नाम बताउने ती बालकले आफ्नो बावुको नाम गोविन्द गुरुङ र आमाको नाम आशा गुरुङ बताएका छन् । सेवा केन्द्रमा रहेका बालकले ठेगाना बताउन नसकेको गुलरिया नगरपालिका ६ का वडा अध्यक्ष निरज कुमार शर्माले बताए । बालकको तस्बीर देखेर कसैले चिन्न सके अभिभावक वा आफन्तलाई खबर गरिदिन वडा अध्यक्ष शर्माले आग्रह गरेका छन् । 

बालकको ठेगाना, अभिभावक वा आफन्त फेला परे ०८४–४२११२३ नम्बरमा वा जिल्ला प्रहरी कार्यालय बर्दियामा सम्पर्क गर्न सकिने छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.