बालिका हत्याका आरोपित पक्राउ

बालिका हत्याका आरोपित पक्राउ

राजविराज : गोठाला गएकी एक बालिकासँग यौन दुव्र्यवहार गरेपछि हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका यादवको वयान लगत्तै सोमबार प्रहरीले सोही ठाउँका उनका साथी राजु यादवलाई समेत पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासत कक्षमा राखेर गहिरो अनुसन्धान भइरहेको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

गत शुक्रबार हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा हटेलका रामउदगार यादवकी छोरी ९ वर्षीया शिवानीकुमारीको शव फेला परेको थियो । हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा गञ्जी र कट्टु लगाएकी बालिकाको घाँटी काटिएको शव घोप्टो परेको अवस्थामा फेला परेको स्थानीयवासीले बताए । हत्यामा प्रयोग भएको हँसिया बालिकाको दुई खुट्टाको बीचमा गाडिएको र हत्या गरेको स्थानबाट शवलाई दुई मिटर माथि घिसारेर लगेको चिन्ह देखिएको प्रत्यक्षदर्शीले बताए । 

मृतक परिवारका सदस्यका अनुसार बाख्रा चराउन र घाँस काटनसँगै गएकी पाँच वर्षीया बहिनीलाई शिवानीले सिमसिमे पानी पर्न थालेपछि घर पठाइन् । उनकी बहिनीले बताए अनुसार शिवानी भने फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन्। 

अनुसन्धानका क्रममा बालिका पछ्याइरहेका रोहितले फूलबारीमा नियन्त्रणमा लिई लछारपछार पारेको र यौन दुव्र्यवहार गरेको देखिएको छ । आरोपितले समेत बलात्कार गरेको तर विर्य स्खलन बाहिर भएको बताएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे घरपरिवारका सदस्यलाई भनिदिने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेका छन् । अनुसन्धानलाई सघाउन संघीय प्रहरी कार्यालय जनकपुरबाट प्रहरी टोली र तालिमप्राप्त कुकुर समेत आएको थियो ।

तालिम प्राप्त कुकुर हत्या आरोपितलाई पछ्याउँदै घटनास्थलदेखि २ किलोमिटर पूर्व रहेको खडक खोला र पाँची खोलाको मिलनमा रहेको पाँची पुलसम्म पुगेको थियो । सम्भवत खडक खोला तरेर वा नुहाएर अभियुक्त पारी गएकाले कुकुर थप अगाडि बढन नसकेको अनुमान गरिएको छ ।

उक्त टोलमा दशकौदेखि गम्भीर खाले धेरै घटना भइरहे पनि प्रहरीसम्म नपुग्ने गरेको र गाउँमै मिलाउने गरेको स्थानीयवासी बताउँछन् । दिउँसै भएको शिवानीको हत्याको घटनास्थल आसपासका खेतमा धान रोप्ने, कोदालो खन्ने र हलो जोत्नेहरु काम गरिरहे पनि कसैले केही थाहा नपाएको बताउँदै आएका छन् । यौन दुव्र्यवहार पछि गाउँमा भनिदिने डरले हत्या गर्ने मुख्य आरोपित रोहित भएको र सहयोगीहरु अरु पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानलाई तीब्र बनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.