बर्दियाका ५ वर्षीय बालकले पाए अभिभावक

बर्दियाका ५ वर्षीय बालकले पाए अभिभावक

गुलरिया : शनिवार बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित अलपत्र अवस्थामा फेला परेका ५ वर्षीय बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। प्रहरीले फेला पारेको बालकलाई गुलरिया नगरपालिकाको सेवा केन्द्रमा राखिएको थियो।

सोमबार ‘बर्दियामा फेला परेका ५ वर्षीय बालककको अभिभावक खोजिँदै’ शीर्षकको समाचार अन्नपूर्ण पोस्ट् अनलाइनमा छापिएको थियो।

सेवा केन्द्रमा आश्रित ५ वर्षीय बालकका बुवा गुलरिया नगरपालिका वडा नम्वर २ निवासी सुरतबहादुर गुरुङलाई बच्चा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

    
बाँसगढीस्थित रोजगारी गर्दै आएका गुरुङकी श्रीमती अर्कैसँग बिहे गरेर गएकाले बालक हजुरआमासँग घरमै बस्दै आएका छन्। प्रहरी लगायत विभिन्न मिडियामार्फत अभिभावको खोजी भएपछि तत्काल अभिभावक पनि फेला परेको एसपी कार्कीको भनाइ छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.