फिलिपिन्सका जनतालाई राष्ट्रपतिको चेतावनी: खोप लगाउ नत्र जेल पठाउनेछु !

फिलिपिन्सका जनतालाई राष्ट्रपतिको चेतावनी: खोप लगाउ नत्र जेल पठाउनेछु !

मनिला: फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोभिड १९ विरुद्धको खोप लगाउन नमान्ने नागरिकलाई जेल पठाउने चेतावनी दिएका छन् ।

फिलिपिन्समा ठूलो संख्यामा नागरिकहरुले कोरोनाको खोप लगाउन तयार नभइरहँदा उनले यस्तो चेतावनी दिएका हुन् । दुतेर्तेले सोमबार भनेका छन् "या त कोभिड विरुद्धको खोप लगाउनू नत्र जेल जान तयार हुनु ।"

फिलिपिन्समा हालसम्म कोभिड १९ का कारण २३ हजार जनाको मृत्यु भइसकेको छ । महामारी टास्क फोर्सका अधिकारीहरुसँगको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

कोभिड विरुद्धको खोपलाई स्वच्छिक भनेर अधिकारीहरुले अभिव्यक्ति दिइरहँदा राष्ट्रपति दुतेर्तेले भने त्यसको विपरीत कडा चेतावनी दिएका हुन् ।

बैठकमा उनले जनताहरुलाई खोप लगाउनुपर्ने नत्र खोप लगाउन तयार नहुने नागरिकलाई पक्राउ गरेर जेलमा पठाउने बताए । दुतेर्तेले विगतमा पनि यस्तै विवादास्पद अभिव्यक्ति दिँदैआएका थिए । चर्को आलोचनाका बावजुद उनले आम रुपमा रंगभेदी तथा साम्प्रदायीक अभिव्यक्ति दिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.