कर्णालीमा विपद् व्यवस्थापन अभ्यास

कर्णालीमा विपद् व्यवस्थापन अभ्यास

गुलरिया : कर्णाली नदीमा बाढीपूर्व खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको सहजीकरणमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले एकीकृत रूपमा मोटर तथा रबरबोटमार्फत बाढीपूर्व घटना अभ्यास गरेका छन्।

देशकै दुई ठूला कर्णाली र बबई नदी बग्ने बर्दियाको तल्लो तटीय भूभाग बाढीको जोखिममा छ। मौसम पूर्वानुमान महाशाखाले यस वर्ष अधिक वर्षाको पूर्वानुमान गरेसँगै बर्दियामा बाढीको त्रास बढ्न थालेको छ। अभ्यासका क्रममा नदीमा बगेको मानिसको उद्धारगर्दै स्टेचरमार्फत रेडक्रसको प्राथमिक उपचारमा पुर्‍याई अभ्यास गरिएको छ। देशैभर मनसुन भित्रिएसँगै बर्दियामा सम्भावित बाढीबाट भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न बाढीपूर्वका तयारी पूरा गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए। 

नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीलाई एकीकृत रूपमा बाढीपूर्व खोज तथा उद्धारको अभ्यास गराएका छौं। बर्दिया बाढीको दृष्टिकोणले जोखिममा छ। कर्णाली, बबई र यिनका शाखा नदीहरूमा पानीको बहाव बढेपछि जिल्लाको अधिकांश भूभाग डुबान, बाढीसँगै कटानको जोखिममा पर्ने गर्छ। उनले भने, ‘विगतमा बर्दियामा आएको बाढीका कारण करोडौंको क्षति व्यहोर्नु परेको छ। जिल्लामा बाढीबाट हुने मानवीय तथा भौतिक जोखिम न्यूनीकरण गर्न हामीले सम्पूर्ण पूर्व तयारीहरू पूरा गर्‍यौँ।’ 

कस्तो प्रकृतिको बाढी आउँछ पूर्वाआकलन छैन। सशस्त्र प्रहरी बलको अगुवाइमा बाढीका बखत खोज तथा उद्धारको तयारी गरिन्छ। यस वर्ष बाढी आएमा बर्दियामा २० हजार घरपरिवार जोखिममा पर्ने पूर्वानुमान छ। लाखौं जनसंख्या प्रभावित हुन सक्छन्। जिल्लाका जोखिम क्षेत्र पहिचान गरी नदी नियन्त्रणका लागि ड्यामलगायत तटबन्धको अनुगमन गर्दै निर्माण कम्पनीहरूलाई समयमै काम सकाउन निर्देशन दिइसकिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बाढीको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा छन्। 

बर्दिया जिल्ला बाढीको अत्यधिक जोखिममा रहेकाले जोखिम न्यूनीकरणका लागि जोडतोडका साथ लाग्नुपर्ने आवश्यकता छ।  बर्दिया जिल्ला पटकपटक बाढीको चपेटामा पर्दै आएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले भने, ‘बाढीका बेला सशस्त्र प्रहरीका बीओपी, गण सबै परिचालन गर्ने तयारीमा छौं। अन्य निकायसँग सहकार्य गर्दै मोटरबोट, रबरबोट, लाइफ ज्याकेट, क्याराबिन, डोरीलगायतका खोज तथा उद्धार सामग्री तयारी हालतमा राखेका छौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.