ताजकिस्तानसँग जोडिएको अफगानिस्तानको प्रमुख नाका तालिवानी कब्जामा
काबुल : ताजकिस्तानसँग जोडिएको अफगानिस्तानको प्रमुख नाका तालिवान लडाकुले कब्जामा लिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाकामा रहेका केही सुरक्षा अधिकारीहरूले मंगलबार बिहान सो स्थान छाडेका हुन् ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको सो नाकामा करिब एक घण्टासम्मको दोहोरो गोली हानाहानपछि तालिवानले कब्जामा लिएको हो । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने अन्तिम चरण थाले यता तालिवानको यो सबभन्दा ठुलो आक्रमण भएको बताइएको छ ।
गोली हानाहानपछि कतिपय सेनाका जवान ताजकिस्तानतर्फ भागेका अधिकारीहरूले बताएका छन् ।