इङ्ल्यान्ड समूह विजेता

इङ्ल्यान्ड समूह विजेता

लन्डन : रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इङ्ल्यान्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए। त्यही गोल इङ्ल्यान्डलाई तीन अंक दिलाउन निर्णायक बन्यो। यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि स्टर्लिङले नै निर्णायक गोल गरेका थिए। इङ्ल्यान्ड स्कटल्यान्डसँग भने गोलरहित बराबरीमा रोकिएको थियो।

इङ्ल्यान्डका कप्तान हेरी केनले भने युरोकपमा गोल गर्न सकेका छैनन्। उनी अझै पनि पहिलो गोलको खोजीमै छन्। पहिलो हाफमा सशक्त प्रहार गरे पनि चेक रिपब्लिकका गोलरक्षक टोमस भ्याक्लिकले उत्कृष्ट बचाउ गरेपछि केन निरास बनेका थिए। केनले गोल गर्न नसक्नु इङ्ल्यान्ड र प्रशिक्षक गारेथ साउथगेटका लागि पनि चिन्ताको विषय बनेको छ। उनले गोलका लागि लगातार प्रयास गरेका छन्। तर, फिनिसिङमा चुक्दै आएका छन्। 

जितपछि तीन खेलबाट सात अंक जोड्दै इङ्ल्यान्ड समूह विजेता बन्यो। अब इङ्ल्यान्डले समूह ‘एफ’को उपविजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेेछ। इङ्ल्यान्डसँग पराजय भोगे पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ। तीन खेलमा चार अंक जोडेको चेक रिपब्लिक तेस्रो हुने टोलीमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो।

यही समूहको अर्को खेलमा स्कटल्यान्डलाई पराजित गर्दै क्रोएसिया समूह उपविजेता बन्यो। समूह ‘डी’ को अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ गोलले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको हो। क्रोएसियाले चेक रिपब्लिकलाई पछि पार्दै समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। क्रोएसियाले तीन खेलबाट चार अंक जोड्यो। चार अंक नै बनाएको चेक रिपब्लिक गोल भिन्नतामा पछि परेको थियो।

स्कटल्यान्डलाई उसैको मैदानमा पराजित गर्न क्रोएसियाका निकोला भ्लासिक, कप्तान लुका मोड्रिच र इभान पेरिसिकले एक÷एक गोल गरेका थिए। स्कटल्यान्डका कलुम म्याकग्रेगोरले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।

खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। ४२औं मिनटमा म्याकग्रेगोरले स्कटल्यान्डका लागि बराबरी गोल गरेका थिए। पहिलो हाफ बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा मोड्रिच र ७७औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई प्रभावशाली जित दिलाएका थिए।
यसअघि क्रोएसियाले इङ्ल्यान्डसँग १–० को पराजय बेहोरेको थियो भने चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.