नाकामा छैन कडाइ : खेत रोप्न भारतीय श्रमिक

नाकामा छैन कडाइ : खेत रोप्न भारतीय श्रमिक

परासी : भारतसँग सिमाना जोडिएका नाकाबाट आउजाउमा रोक लगाइए पनि पश्चिम नवलपरासीका विभिन्न नाकाबाट खेत रोप्ने भारतीय मजदुरहरू (खेताला) ओइरो लगाएर जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासनले असार १४ गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । तर भारतको बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट खेत रोप्न आएका मजदुरहरू निर्वाध रूपमा कामको खोजीमा हिँडिरहेका छन् । 

स–साना बालबालिकासहित बोकेर आएका भारतीय मजदुरहरूको संख्या करिब २ हजार बढीको हाराहारी छ । केहीले काम पाएका छन् । अधिकांशले काम पाएका छैनन् । काम नपाएका मजदुरहरू बजार क्षेत्रका सडक पेटीमा पुगेर काम दिने किसानहरूको प्रतीक्षामा बसिरहेका छन् । ‘अहिले हामी धेरैको संख्यामा छौं । काम पाएका छैनौं । के खाने भनेर पिरोलिँदै सडक पेटीमा बस्न बाध्य छौं । बिहारको खटौलीबाट आएका भारतीय मजदुर मुन्ना मुसहरले भने ।

हरेक वर्ष खेत रोप्ने कामको खोजीमा यसरी नै भारतीय मजदुरहरू जिल्ला भित्रिने गरेका छन् । यस वर्ष पनि उनीहरू त्रिवेणी र महेशपुर नाकाबाट जिल्ला भित्रिएका हुन् । आउजाउमा कडाइ भएपछि उनीहरू प्रमुख नाकाबाट नभई अन्य बाटो भएर आउने गरेका छन् । भारतमा भन्दा नेपालमा ज्याला बढी पाइने भएकाले रोपाइँको समयमा नेपाल आउने गरेको उनीहरू बताउँछन् । खेत रोपाइँको समयमा मजदुर नपाइने र भारतीय मजदुरहरूले बढी काम गर्ने भएकाले नेपाली किसानका लागि भारतीय मजदुरहरू रोजाइमा पर्ने गरेका छन् । 

भारतीय मजदुर लिन केही किसान सिमानामै पुग्ने गर्दछन् भने केही किसानहरू बाटोमा हिँड्दै गरेका मजदुरलाई रकम तय गरेर लैजाने गर्छन् । भारतीय मजदुरहरूलाई दैनिक ३ सयदेखि साढे ३ सय भारतीय रुपैयाँ ज्याला दिने गरिएको छ । त्यसरी खेत रोप्न जाने मजदुर र किसानबीच दुई छाक खाना र ज्यालासँगै रक्सी अनिवार्य दिनुपर्ने सर्त राखिएको हुन्छ । तर सर्तअनुसार रकम दिने नगरेको मजदुरको गुनासो छ । ‘काममा लैजाने बेलामा दैनिक ३ सय ५० रुपैयाँ र एक सीसी रक्सी (३ सय एमएल) दिन्छु भनेर लग्छन् । तर दिने बेलामा रक्सी त परै जाओस् ज्याला पनि घटाएर २ सय ५० देखि ३ सयभन्दा दिदैंनन् । खाना भने दुवै छाक दिने गरेका छन् ।’ उत्तर प्रदेश कुशीनगरबाट आएका भारतीय मजदुर दिनेश भारतीले भने ।

‘नेपाली खेतालाहरूले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काम गर्छन् । भारतीयहरूले भने बिहानै ५ बजेदेखि राति ७÷८ बजेसम्म काम गर्छन् । दुवै खेतालाहरूको ज्याला बराबरजस्तै छ । तर एक जना भारतीयले दुई जना नेपालीबराबरको काम गर्ने भएकाले उनीहरूलाई खोज्ने गरिएको रामग्रामका किसान रामकिसुन यादवले बताए ।

नाकाको आउजाउमा रोक लगाइए पनि लुकेर आउँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । ‘ठूलो संख्यामा आएका भारतीय मजदुरहरूले अहिले टाउको दुखाइको विषय बनाएका छन् । एन्टिजेन परीक्षण गरेर काम गर्न दिने वा उनीहरूकै घरतर्फ फर्काउनेबारे छलफल भइरहेको छ ।’ प्रजिअ मिश्रले भने ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.