पुतलीबजारको नीति तथा कार्यक्रम : उद्यम, सुन्तला र स्याटलाइट प्राथमिकता

पुतलीबजारको नीति  तथा कार्यक्रम : उद्यम, सुन्तला र स्याटलाइट प्राथमिकता

स्याङजा  : पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बिहीबार सार्वजनिक गरेको  छ। पुतलीबजार नगरपालिकाले स्वरोजगारका लागि प्रेरितगरी उद्योग, व्यापार व्यवसाय तथा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।

समृद्ध पुतलीबजार, सुखी नगरबासीको मूल लक्ष्यलाई पुरा गर्न पूर्वाधार विकास, कृषि, उद्योग, ब्यापार, पर्यटन, सुशासन, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र लगायतलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेको छ। 

नवौं नगरसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख सीमा क्षत्रीले सुन्तलाको सहर, एक टोल एक नर्सरी, एकघर एक करेशावारी, आधीखोला, अरौदीखोला र बाडखोलाको संगमस्थलमा त्रिवेणीधाम, होमस्टे, उद्योग व्यवसाय, सहकारी, स्वास्थ्य, शिक्षा, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धिमा जोड दिइएको छ।

नगरपालिकाको समृद्धि, कर डर होइन, नगर विकासको भर हो, पुतलीबजार नगर उज्यालो शहर, स्याटलाइट शहर स्वच्छ खानेपानी लगायतका कार्यक्रमलाई प्राथमीकतामा राखेको बताइन्।

यसैगरी, नगरसभामा ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत भएको छ । उपप्रमुख महेश पुरीले चालु खर्चतर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार रहेको उनले जानकारी दिए।

बजेटमा नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रम अनुरुप बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्रतर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिवी निवारण कार्यक्रम, भुमि व्यवस्था निति तथा कार्यक्रमा बजेट छुट्याईएको छ । 

सभामार्फत भौतिक पूर्वाधार विकास क्षेत्रतर्फ घरनक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजना गरिएको जनाइएको थियो।

सभामा नगर प्रवक्ता ख्यामनारायण अधिकारीले वन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुशासन समितिका संयोजक ओमबहादुर खड्काले कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिधेयक, भौतिक पूर्वाधार व्यवस्थापन समितिका संयोजक अमृत श्रेष्ठले स्थानीय सडक मापदण्ड बारे र लेखा समितिका संयोजक रविविक्रम केसीले आ- आफना समितिको प्रतिवेदन प्रस्तुत गरेका छन्। 

बजेट पास भएन

बजेट बाहेकका अन्य कार्यक्रम सभाले पारित गरेको छ। बजेट बिनियोजनमा पक्षपात भएको, वडासभाबाट पास भएका योजनालाई समावेश नगरिएको भन्दै नेपाली कांग्रेस समर्थित सदस्यले असन्तुष्टि जनाउँदै सभाबाट बाहिरिएका थिए। 

सदस्यहरुको असन्तुष्टिप्रति नगरप्रमुखले शुक्रबार छलफलका लागि बोलाएको वडा नं. ५ का अध्यक्ष रामचन्द्र रेग्मीले बताए। नीति तथा कार्यक्रममाथि पुतलीबजार नगरपालिका १ का सदस्य विष्णुकुमार श्रेष्ठ, १० का सदस्य सुरज अधिकारी, ८ का वडा सदस्य इमानसेन ठकुरीले आफूहरुप्रति विभेद गरिएको गुनासो व्यक्त गरेका थिए। 
१४ वटा वडा रहेको पुतलीबजार नगर कार्यपालिकामा नेपाली कांग्रेसका ४ अध्यक्षसहित १६ सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.