लोघेकर दामोदरकुण्डका विद्यार्थीको नाममा अनिवार्य बैंक खाता

लोघेकर दामोदरकुण्डका विद्यार्थीको नाममा अनिवार्य बैंक खाता

जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ देखि विद्यार्थीको नाममा अनिवार्य बैंक खाता खोल्ने भएको छ। बिहीबार नवौँ गाउँसभामा प्रस्तुत बजेटमा विद्यार्थीको नाममा अनिवार्य बैंक खाता सञ्चालन गरिने जनाइएको छ।

पालिका उपाध्यक्ष ढोका गुरुङद्वारा प्रस्तुत बजेटमा पालिकाको बृहत्तर शैक्षिक विकासका लागि स्थानीय तहको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै अबको नयाँ शैक्षिक सत्र सुरुसँगै विद्यार्थीको नाममा बैंक खाता सञ्चालन गरी उच्चशिक्षा अध्ययनलाई सहज तुल्याउने जनाइएको छ। 

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पालिकाभित्रका ८ वटै सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँगको संयुक्त रुपमा साझेदारी गर्दै विद्यार्थीका नाममा अनिवार्य बैंक खाता सञ्चालन गर्ने जनाइएको हो। यसका लागि सार्वजनिक गरिएको बजेटमा ५ लाख बजेट बिनियोजन गरिएको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।

‘पालिकाभित्रका ८ वटै विद्यालयमा पढ्ने विद्यार्थीको नाममा हामी बैंक खाता खोल्ने तयारी गरेका छौँ’, अध्यक्ष बिष्टले भने, ‘अभिभावकको तर्फबाट २ सय र पालिकाबाट २ सय गरी मासिक ४ सय विद्यार्थीको बैंक खातामा दाखिला हुन्छ। यसरी जम्मा भएको एकमुस्ट पैसा उच्चशिक्षा अध्ययन गर्दा विद्यार्थीलाई उपलब्ध गराइने छ।’ गाउँपालिकाका सबै विद्यालयमा अहिले करिब ३ सय विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष बिष्टले जानकारी दिए।

पालिकाले विनियोजन गरेको बजेट अपुग भएमा पालिकाले नै थप बजेट छुट्याउन सक्ने अध्यक्ष बिष्टको भनाई छ।

कक्षा १ देखि ८ सम्म पढाई सञ्चालन हुने सो पालिकामा सबै कक्षाका विद्यार्थीलाई समान रुपमा बैंक खातामा रकम दाखिला हुनेछ। उच्चशिक्षा अध्ययन गर्दा विद्यार्थी र अभिभावकलाई आर्थिक भार नपरोस र उच्चशिक्षाको अवसरबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले विद्यार्थीका नाममा बैंक खाता खोल्ने निर्णय पालिकाले गरेको अध्यक्ष बिष्टले बताए। यो निर्णयसँग लोघेकर दामोदरकुण्डमा पढ्ने विद्यार्थीको खातामा अब वार्षिक ४ हजार ८ सय रुपैयाँ जम्मा हुने पक्का भएको छ।

यस्तै, लोघेकर दामोदरकुण्ड गापाको बजेटमा निजी क्षेत्रको समेत सहभागी हुने जनाइएको छ। उपल्लो मुस्ताङको जिग्मे फाउन्डेसनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र संस्कृति संरक्षण लगायतमा बजेट खर्च गर्ने गरी २ करोड १० लाख लागतको कार्यक्रम सञ्चालन गर्ने भएको हो। यसैगरी पाईला नेपालले पालिकाभित्रका अपांगता भएका विद्यार्थीहरुको सिकाई सहजीकरण गर्ने उद्देश्यले ३ लाख ९७ हजार लागतको कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ।

भौगोलिक रुपले अत्यन्तै विकट मानिएको लोघेकर दामोदरकुण्डले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखेर २६ करोड ८९ लाख ७७ हजारको अनुमानित बजेट पेश गरेको हो। लोघेकरले चालु खर्चतर्फ १० करोड ५० लाख ७५ र पँुजिगत विकास खर्च १४ करोड २४ लाख ८५ हजार विनियोजन गरेको छ। यो बजेटमा निजी क्षेत्रको कार्यक्रममा खर्च हुने २ करोड १३ लाख ९७ हजार समावेश गरिएको छ। निजी क्षेत्रले तय गरेको बजेट उनीहरु स्वंयमले श्रोतसाधन जुटाएर खर्च गर्नेछन् भने सोको अनुगमन पालिकाले गर्ने सम्झौता गरिएको छ।

पालिकाको सार्वजनिक बजेटमा संघीय सरकारबाट आउने वित्तिय समानिकरण, सशर्त, विशेष समपुरक र राजश्व बाँडफाँडको बजेट १७ करोड ८२ लाख ५६ हजार छ । यस्तै, प्रदेशतर्फबाट विभिन्न शीर्षकमा आउने बजेट ३ करोड ६१ लाख ३८ हजार रहेको छ। बजेटमा गाउँपालिकाको आन्तरिक श्रोत १५ लाख र पालिकाको मौज्याद ५० लाख बजेटमा समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.